सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ ।
यस वर्षको छैटौँ संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलमा सोमबारबाट सुरु भई तीन दिन चल्नेछ । तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ ।
परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए ।
‘यसले मूलतः कर्णालीलाई केलाउँछ समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिन्छ र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ,’ उनले भने,‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो ।’
समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । ‘सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ उनले भने,‘उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उठेका कुराकानीहरूले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गरोस् भन्ने नै हाम्रो लक्ष्य हो ।’
तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने आयोजकले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: