Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

संसद बैठकमा सांसद कंशाकारको गर्जनः ‘शानदार मःमका कामदार जल्दा एम्बुलेन्स पाएनन्, मन्त्री र मेयरलाई हेलिकप्टर ?’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै आपत्ति जनाएकी छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कंशाकारले केही दिनअघि कमलादीमा शानदार मःम पसलमा भएको ग्यास विस्फोट र हिजो पोखरामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

केहीदिन अघि खानेपानी मन्त्रालयमा भएको आगलागी, कमलादीको शानदार मःम पसलमा ग्यास विस्फोट र शनिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन विस्फोट भइ आगलागी हुँदा घाइते भएका छन् ।

तीन प्रतिनिधिमूलक घटनालाई उदाहरण दिँदै सांसद कंशाकारले सरकारले एकपछि अर्को घटना भइरहँदा पनि त्यसको रोकथामका लागि कुनै चासो नदिएको भन्दै आपत्ति जनाइन् ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको श्वास्थ्य लाभको कामना गर्दै उनले भनिन्, ‘‘उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल ज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यूलाई हेलिकप्टरमार्फत् काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । उहाँहअरु दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । तर अस्ति भर्खर शानदार मःममा ग्यास विस्फोट भइ सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यू र मेयरज्यूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’

आफैँ एसिड आक्रमणमा परेकी सांसद कंशाकारले एसिड पीडित तथा जलनमा परेका नागरिकहरुका लागि छुट्टै व्यवस्था गर्न माग गर्दै आइरहेकी छन् ।  उनले नेपालमा यस्ता घटनाहरु निरन्तर भइरहे पनि ‘थिंक सेफ्टी, डू सेफ्टी’ भन्ने कुरा नारामा मात्रै सीमित भइरहेको उनले बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम वि...

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending