Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

‘जनतासँग माओवादी’ अभियान

केन्द्रले समय तालिका बेलैमा नपठाउँदा अलमलमा प्रदेश समितिहरु

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान सञ्चालनका लागि केन्द्रले समय तालिका नपठाउँदा अलमल देखिएको छ ।  अहिलेसम्म केन्द्रबाट समय तालिका सम्बन्धित प्रदेशमा नपठाउँदा अन्योल देखिएको हो । 

बैठकको निर्णयसहित माघ २७ गते माओवादीले मातहतको समितिलाई परिपत्र पठाएको थियो । कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङले समय तालिका बनाउने विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेकोले बेलुकासम्म खाका आउन सक्ने जानकारी दिए । सभास्थल, कार्यविभाजन, र कामको प्रकृति सबै विषयमा निष्कर्षमा नपुगेको नेम्बाङले बताए ।

अभियान सञ्चालनको तयारी भइरहेको  र समय तालिकाको विषयमा निष्कर्षमा पुगी नसकेको उनले बताए । नेतृत्वसँग छलफलमै रहेकाले बेलुकासम्म खाका आउन सक्ने उनको भनाइ छ । 

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट समय तालिका नआउँदा कार्यक्रमका खाका बनाउन नसकिएको जानकारी दिए । कहिले आइपुग्ने ? कति दिन बस्ने ? भन्ने विषयमा केन्द्रबाट जानकारी आए समय तालिका बनाउन सजिलो हुने भएकाले अध्यक्ष प्रचण्डसँग यसबारे छलफल भइरहेको बरालले बताए ।

‘लुम्बिनी प्रदेशमा करिब ४ किलोमिटर रुट पर्छ । रुट व्यवस्थापन, आमसभा स्थल छनोट, नेताहरूको व्यवस्थापन र बस्ने समयबारे केन्द्रबाट जानकारी आएको छैन । अध्यक्षसँग छलफल हुँदा ५–६ दिनको बनाउनोस् भन्नुभएको छ । केन्द्रबाट समय तालिका आएपछि सोही अनुसार हामी तयारी गर्छौँ’, उनले भने ।

केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले अभियान सञ्चालनको समय तालिकासहितको खाका तयारका लागि कार्यालयको बैठक बसेर निर्णय गर्ने जानकारी दिए । त्यसका लागि एक–दुई दिनमा बैठक बस्ने पुनले बताए ।

‘समय तालिका बनिसकेको छैन । सम्बन्धित प्रदेश कार्यकालको परामर्शमा कुन प्रदेशमा कसलाई जिम्मेवारी दिने ? कुन प्रदेशमा कति दिन बिताउने ? कुन कुन ठाउँमा आमसभा गर्ने ? अभियानको क्रममा के–के गर्ने ? लगायत विषयमा निर्णय लिन एकरदुई दिनमा कार्यालय बैठक बसेर निर्णय गर्छ’, पुनले भने ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित तराई मधेस जागरण अभियान झापाबाट सुरु गरी कञ्चनपुरसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । माओवादीको माघ २१ मा बसेको पदाधिकारी बैठकले अभियानको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूको परामर्शका आधारमा तय गरिने निर्णय गरेको थियो ।

माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले पूर्वपश्चिम ठुला सभामा अध्यक्ष प्रचण्ड आफै सहभागी हुने र अन्य सभामा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गर्ने पौडेलले बताए । यसअघि तीन महिने अभियानकै जस्तो गरी यो अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

‘अभियानको समय तालिका अहिलेसम्म बनेको छैन । कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित प्रदेश कार्यालयसँग परामर्श भइरहेको छ । अभियान पहिलाकै जस्तो जनताका गुनासा सुन्ने, सहिद परिवारसँग भेटघाट गर्ने, स्थानीय जनता तथा कार्यकर्ताका कामसँग जोडिने, सङ्गठन विस्तार र सुदृढीकरण गर्ने काममा व्यस्त हुनेछौँ । ठुला सभामा अध्यक्ष आफै जानुहुन्छ । अन्य स–साना सभामा पदाधिकारीमा जिम्मेवारी बाँडिन्छ ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending