काठमाडौं । नेकपा माओवादी केन्द्रको फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान सञ्चालनका लागि केन्द्रले समय तालिका नपठाउँदा अलमल देखिएको छ । अहिलेसम्म केन्द्रबाट समय तालिका सम्बन्धित प्रदेशमा नपठाउँदा अन्योल देखिएको हो ।
बैठकको निर्णयसहित माघ २७ गते माओवादीले मातहतको समितिलाई परिपत्र पठाएको थियो । कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङले समय तालिका बनाउने विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेकोले बेलुकासम्म खाका आउन सक्ने जानकारी दिए । सभास्थल, कार्यविभाजन, र कामको प्रकृति सबै विषयमा निष्कर्षमा नपुगेको नेम्बाङले बताए ।
अभियान सञ्चालनको तयारी भइरहेको र समय तालिकाको विषयमा निष्कर्षमा पुगी नसकेको उनले बताए । नेतृत्वसँग छलफलमै रहेकाले बेलुकासम्म खाका आउन सक्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट समय तालिका नआउँदा कार्यक्रमका खाका बनाउन नसकिएको जानकारी दिए । कहिले आइपुग्ने ? कति दिन बस्ने ? भन्ने विषयमा केन्द्रबाट जानकारी आए समय तालिका बनाउन सजिलो हुने भएकाले अध्यक्ष प्रचण्डसँग यसबारे छलफल भइरहेको बरालले बताए ।
‘लुम्बिनी प्रदेशमा करिब ४ किलोमिटर रुट पर्छ । रुट व्यवस्थापन, आमसभा स्थल छनोट, नेताहरूको व्यवस्थापन र बस्ने समयबारे केन्द्रबाट जानकारी आएको छैन । अध्यक्षसँग छलफल हुँदा ५–६ दिनको बनाउनोस् भन्नुभएको छ । केन्द्रबाट समय तालिका आएपछि सोही अनुसार हामी तयारी गर्छौँ’, उनले भने ।
केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले अभियान सञ्चालनको समय तालिकासहितको खाका तयारका लागि कार्यालयको बैठक बसेर निर्णय गर्ने जानकारी दिए । त्यसका लागि एक–दुई दिनमा बैठक बस्ने पुनले बताए ।
‘समय तालिका बनिसकेको छैन । सम्बन्धित प्रदेश कार्यकालको परामर्शमा कुन प्रदेशमा कसलाई जिम्मेवारी दिने ? कुन प्रदेशमा कति दिन बिताउने ? कुन कुन ठाउँमा आमसभा गर्ने ? अभियानको क्रममा के–के गर्ने ? लगायत विषयमा निर्णय लिन एकरदुई दिनमा कार्यालय बैठक बसेर निर्णय गर्छ’, पुनले भने ।
पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित तराई मधेस जागरण अभियान झापाबाट सुरु गरी कञ्चनपुरसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । माओवादीको माघ २१ मा बसेको पदाधिकारी बैठकले अभियानको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूको परामर्शका आधारमा तय गरिने निर्णय गरेको थियो ।
माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले पूर्वपश्चिम ठुला सभामा अध्यक्ष प्रचण्ड आफै सहभागी हुने र अन्य सभामा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गर्ने पौडेलले बताए । यसअघि तीन महिने अभियानकै जस्तो गरी यो अभियान सञ्चालन हुने उनले जानकारी दिए ।
‘अभियानको समय तालिका अहिलेसम्म बनेको छैन । कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित प्रदेश कार्यालयसँग परामर्श भइरहेको छ । अभियान पहिलाकै जस्तो जनताका गुनासा सुन्ने, सहिद परिवारसँग भेटघाट गर्ने, स्थानीय जनता तथा कार्यकर्ताका कामसँग जोडिने, सङ्गठन विस्तार र सुदृढीकरण गर्ने काममा व्यस्त हुनेछौँ । ठुला सभामा अध्यक्ष आफै जानुहुन्छ । अन्य स–साना सभामा पदाधिकारीमा जिम्मेवारी बाँडिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - ०८:४५
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...
आषाढ़ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...
आषाढ़ ३१ गते, २०८३ - ०८:२१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...
आषाढ़ ३१ गते, २०८३ - ०८:१५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...
आषाढ़ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...
आषाढ़ ३१ गते, २०८३ - ०८:०४
काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...
आषाढ़ ३१ गते, २०८३ - ०८:०१
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम वि...
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...



प्रतिकृया लेख्नुहोस्: