Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग, कति छ जोखिम ?

खबरडबली संवाददाता

काठमाडौं ।  पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक सन्तोष खनालले दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको बताए । उनका अनुसार बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण हुन्छ ।

पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो । आयोजकको आग्रहअनुसार अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले बेलुन उडाउन लाग्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू ‘फायर क्यान्डिल’बाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

रसायनशास्त्रका विज्ञहरुका अनुसार हाइड्रोजन ग्यास ब्रम्हाण्डमा पाइने सबैभन्दा हलुका र प्रज्वलनशील ग्यास हो । यो ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्ने गर्छ । बेलुनमा भरेर उडाउनै पर्ने हिलियम ग्यासको प्रयोग गर्नुपर्छ ।

हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील नहुने विज्ञहरुको भनाइ छ । तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् । आउँदा दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उपप्रध्यापक खनालले बताए । आगोको सामान्य फिलिङ्गोसँग पनि हाइड्रोजनले प्रतिक्रिया जनाउने भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता अपनाउन उनको सुझाव छ ।

उपप्राध्यापक खनालका अनुसार हाइड्रोजन ग्यासका विषयमा विद्यालय तहदेखि नै पढाइ हुन्छ । विद्यार्थीले विद्यालयकै प्रयोगशालामा हाइड्रोजन ग्यास कति प्रज्वलनशील छ भनेर प्रयोग गरेर हेर्ने र शिक्षकले सबैभन्दा प्रज्वलनशील ग्यास भएकाले यसको प्रयोगमा सचेत हुन सिकाउने गर्छन् । तर बालबालिकाको खेलौना बेलुन र कार्यक्रमको उद्घाटन कार्यक्रममा उडाउने बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग गर्ने गरिएको छ । यस्ता दुर्घटना फेरि पनि हुन सक्ने भएकाले बेलुनमा हाइड्रोजन ग्यास भर्न नदिन विज्ञले सुझाव दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले यस विषयमा सरकार गम्भीर भएको बताएका छन्  । बेलुन पड्किएर आगो लाग्दा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई कीर्तिपुर अस्पतालमा भेटेपछि उनले यस्ता घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउन सबैलाई निर्देशित गर्नुपर्ने देखिएको बताए । गृहमन्त्री लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने पनि बताएका छन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending