Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

एमाले निकट कर्मचारी संगठनको नेतृत्व चयनमा विवाद

महाधिवेशन दुईदिन लम्बिँदा नेतृत्व चयन नभएपछि पार्टीको हस्तक्षेप

अध्यक्षका दाबेदारद्वय रेवन्त गौतम र भवानी दाहाल ।
खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा नेतृत्व चयन प्रक्रियामा विवाद बढेपछि १२औं महाधिवेशन दुई दिन लम्बिएको छ ।

राष्ट्रिय सभागृहमा माघ ३० गते उदघाटन भएको महाधिवेशन फागुन १ गते सक्ने तालिका थियो । तर सहमतिमा नेतृत्व चुन्ने कि निर्वाचनबाट भन्नेमा विवाद चर्किएपछि आज फागुन ३ गतेसम्म पनि महाधिवेशन जारी छ ।

आज शनिबार बिहान महाधिवेशन प्रतिनिधिहरुलाई क्वालिटी बैंक्वेटमा उपस्थित गराइएको छ । यसअघि राष्ट्रिय सभागृहबाट महाधिवेशनस्थल कार्की बैंक्वेटमा सारिएको थियो ।

बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहे समारोह भएकाले संगठनको महाधिवेशन बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सारिएको हो ।

अध्यक्षका दाबेदार रेवन्त गौतम र भवानी दाहालका पक्षमा प्रतिनिधिहरु विभक्त छन् । गौतमका समर्थक निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने पक्षमा छन् भने दाहालका समर्थकले सहमतिमा जोड दिएका छन् ।

यही विवादका कारण निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन तालिका पनि कार्यान्वयन भएन । आयोग अध्यक्ष  बाबुराम थापाले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र अन्य प्रक्रिया पूरा गरी राति ११ बजेपछि मतदान गर्ने तालिका सार्वजनिक गरेका थिए । तर उम्मेदवारी नै दर्ता नभएपछि प्रतिनिधिहरुले छिटो नेतृत्व चयन सुरु गर्न माग गर्दै हलमा नाराबाजी गरेका थिए ।

अध्यक्ष मण्डलले भने शुक्रबार बेलुका ९ बजेपछि अर्को दिन बिहान ८ बजेसममका लागि भनेर महाधिवेशन स्थगित गरिदिएको थियो । महाधिवेशन स्थगित गरी कर्मचारी संगठनका नेताहरु प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । अध्यक्ष मण्डल, निर्वाचन मण्डल, अध्यक्षका दाबेदारहरु लगायतसँग ओलीले राति अबेरसम्म छलफल गरेका थिए ।

संगठनका हालका अध्यक्ष लेखनाथ कोइरालाले पनि भवानी दाहाललाई अध्यक्ष बनाउनुपर्ने अडान लिएका छन् । पूर्व अध्यक्षहरूले भने गौतमको नाम अघि सारेका छन् ।

जनवर्गीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले पनि भवानी दाहालको पक्ष लिएका छन् ।

उनले महाधिवेशनको उदघाटनसत्रमै प्रधानन्यायाधीश र नेपाल पत्रकार महासंघको अध्यक्ष महिलालाई बनाएको भन्दै अब संगठनको अध्यक्ष पनि महिला नै हुने अभिव्यक्ति दिएपछि चुनाव माग गर्दै आएका गौतम समर्थकहरु भड्किएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending