Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

मधेशका मुख्यमन्त्री सिंहविरुद्ध जनकपुरधाममा मसाल जुलुस

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको हुन् ।

भानुचौकबाट सुरु भएको जुलुस शिवचौक हुँदै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘मुख्यमन्त्री सतिश सिंह मुर्दावाद’, ‘प्रदेश सरकार मुर्दावाद’जस्ता नारा लगाएका थिए ।

मसाल जुलुस सहभागी अक्षय यादवले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदासमेत कुनै ठोस विकास कार्य अघि नबढेको आरोप लगाए । प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको विरोधमा मसाल जुलुस निकालेका हुन् ।

उनले मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको अनुगमनमा मात्र चासो देखाउने गरेको आरोप लगाए । यसअघि पटक–पटक ज्ञापनपत्र बुझाए पनि मुख्यमन्त्री सिंहले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको यादवले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी सुस्तामा नेपालीको लालपुर्जा, भारतीय नागरिकको जोतभोग

पश्चिम नवलपरासी  । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले ज...

दैलेखमा बँदेल आक्रमणबाट दुईको मृत्यु, ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा माग्दै रिट

दैलेख । जंगली बँदेलको बढ्दो आक्रमण नियन्त्रण गर्न र प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा सार्वजनिक...

एलपीजी अभावको गुनासोपछि टेकुबाटै ग्यास बिक्री सुरु

काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गर...

तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पु...

बागी उम्मेदवारलाई चुनावपछि पार्टी फर्किने छुट हुँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले निर्वाचनमा बागी उम्मेदवारी दिएर पार्टीलाई धोका दिने व्यक्तिलाई चुनावपछि पुनः पार्टी...

रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। बाणगंगा नगरपालिका–८ निवासी...

सिरहा कारागारभित्र पेस्तोल: १० कैदीको आँखामा पट्टी, प्रशासनमाथि गम्भीर प्रश्न

काठमाडौं । सिरहा जिल्ला कारागारभित्र भएको घटनाले कारागार सुरक्षा र प्रशासनिक निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ। २५ माघ साँझ करिब ६ बजेतिर १० जना कैदी...

अख्तियारका प्रमुख आयुक्तलगायत १० जनालाई मार्ने धम्की दिएका प्रकाश पाठकविरुद्ध ६ मुद्दा विचाराधीन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत अन्य १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध यसअघि नै ६...

देउवा–ओलीसँग भेट्दैमा नआत्तिन प्रचण्डको आग्रह, कांग्रेस–एमालेसँग समीकरण नगर्ने घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक कांग्रेस र एमालेसँग चुनावी समीकरण नगर्ने स्पष्ट बताएका छन्। म्याग्दीमा आ...

जनकपुरमा फेरि युवती मृत फेला, हत्या आशंका

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ मा एक युवती मृत अवस्थामा फेला परेकी छन्। घटनास्थल शहिदपथ अन्तर्गत तेतरिया बजारदेखि पौडेश्वर जाने सडक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE