जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया १ का २४ वर्षीय अरुण सर्राफ, कलैया २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया ३ का २९ वर्षीय तमन्ना अली र कलैया १ का १९ वर्षीय सागर गुप्ता छन् । उनीहरुलाई केन्द्रबाटै पक्राउ गरेर कारबाही अगाडी बढाएको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।
सुधार केन्द्रमा बस्नेहरुबीच विवाद चर्केपछि बिहीबार रात ७ जना मिलेर कलैया उपमहानगर ९ का ३२ वर्षीय धीरेन्द्र महतोको निर्ममतापूर्वक कुटपिट गरेका थिए । राति नै उनलाई अस्पताल लगिएको थियो तर डाक्टरले मृत घोषणा गरेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए ।
महतो केन्द्रमा गएको १५ दिन मात्र भएको थियो । के विषयमा विवाद भएपछि उनलाई निर्ममतापूर्वक कुटेको कुरा खुल्न सकेको छैन् । यद्यपी केन्द्रमा नयाँ भएकै कारण पहिलेदेखि बस्दै आएकाहरु लफडा गरेर कुटपिट गरेको प्रहरीको अनुमान छ ।
महतोलाई एक समूहले कुट्दै गरेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको छ । महतोलाई पालैपालो सुरुमा मुक्काले र लडेपछि खुट्टाले हानेको भिडिओमा देखिन्छ । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी तामाङको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: