Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

२०८२ सालको पात्रो सार्वजनिक, असोज १६ गते दसैँको टीका

खबरडबली संवाददाता

काठमाडौं। २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।

 यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ ।

यसै गरी असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ ।

यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । 

यसै गरी कार्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ । सोही दिनलाई सुखरात्रि पनि भनिन्छ । ५  गते बुधवार गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा  परेको छ भने सोही दिन नेपालसम्वत ११४६ आरम्भ हुनेछ ।

यस्तै ६ गते बिहीबार यम द्धितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।

 २०८२ सालमा मनाइने अन्य चाडपर्वको तिथि र मिति पनि समितिले उल्लेख गरेको छ ।  जसअनुसार २०८२ साल वैशाख १४ गते आइतबार मातातिर्थमा गएर स्नान गरिन्छ र यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ ।

यसै गरी १७ गते बुधवार अक्षय तृतीया परेको छ भने यसै दिनदेखि त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख २९ गते सोमबार गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा तथा उभौलीपर्व परेको छ ।

ज्येष्ठ १४ गते शनिवार निर्जला एकादशी व्रत, यस दिन तुलसीको दल राखिन्छ । असार २२ गते आइतबार हरिशयनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको बिरुवा रोपिन्छ । २३ गते सोमबारबाट चतुर्मास व्रत सुरु हुनेछ । आषाढ २६ गते बिहीबारको दिन गुरु पूर्णिमा  परेको छ । यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाइन्छ ।  

यस्तै श्रावण ९ गते शुक्रबार गुँलाधर्म आरम्भ हुनेछ । साउन १३ गते मंगलबार नागपञ्चमी परेको छ भने साउन २४ गते शनिवार रक्षा बन्धन, ऋषितर्पणी पूर्णिमा  वा जनैपूर्णिमा परेको छ । त्यस्तै साउन २५ गते आइतबार गाईजात्रा, ३१ गते शनिवार श्रीकृष्णजन्मअष्टमी व्रत जसलाई मोहरात्री पनि भनिन्छ ।

भाद्र ७ गते शनिवार कुशेऔंसी परेको छ, जनु दिन  बुवाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । ८ गते आइतबार गुँलाधर्म समाप्ति हुनेछ । 

भाद्र ९ गते दरखाने दिन परेको छ भने १० गते हरितालिका तिज र १२ गते बिहीबार ऋषिपञ्चमी व्रत वा सप्तऋषि पूजा गरेर मनाइन्छ । भाद्र २२ गते पूर्णिमा तिथि परेको छ भने यस दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । 

भाद्र २३ गते सोमबारबाट सोह्र श्राद्ध सुरु भई असोज ५ गते आइतबार औँसी श्राद्ध गरिसके पछि पितृ विसर्जन गरिनेछ । सोह्र श्राद्धमा दिवङ्गत भएका पितृहरुको सम्झना स्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गरिनेछ ।

यसै गरी  असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।

यस्तै कात्तिक १० गते सोमबार डालापर्व र षठपर्व मनाइन्छ । १५ गते शनिवार हरिबोधनी एकादशी व्रत परेको  छ । सो यस दिन तुलसीको विवाह गरिन्छ । १९ गते बुधवार पूर्णिमा व्रत, कार्तिक स्थान र चतुर्मास व्रत समाप्ति हुनेछ ।

मंसिर ३ गते बुधवार बालाचतुर्दशी परेको छ । सो दिन दिवङ्गत भएका आफन्तको नाममा धार्मिक स्थलहरूमा शतवीज छर्ने परम्परा रहेको छ । ८ गते सोमबार धान्यपूर्णिमा, ९ गते मंगलबार विवाह पञ्चमी यस दिन जनकपुरमा सीता रामको विवाह गर्ने परम्परा रहेकोछ ।

पुस १९ गते शनिवार पूर्णिमा व्रत, श्री स्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ ।  माघ १ गते माघेसङ्क्रान्ती, माघीपर्व मनाइन्छ भने सोही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ५ गते सोमबार सोनाम ल्होसार, माघ ९ गते शुक्रबार वसन्त पञ्चमी, श्रीपञ्चमी परेको भने सो दिन सरस्वती माताको पूजा गरि शिक्षा प्राप्तीको कामना गरिन्छ । १८ गते आइतबार माघस्थान समाप्ति र एक महिना लामो श्री स्वस्थानी व्रत पनि समापन गरिन्छ ।

फागुन ३ गते आइतबार माहाशिवरात्री, ६ गते ग्याल्पो ल्होसार परेको छ भने १९ गते फागुपूर्णिमा, तराईमा होली खेली मनाइन्छ । सोही दिन २०८२ सालको दोस्रो खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ ।  यस्तै चैत्र ४ गते बुधवार घोडेजात्रा, १२ गते बिहीबार चैतेदशै र ५  गते रामवनमी पर्व परेको समितिले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending