Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

जानी राखौं विश्वका १० गरिब देश कुन–कुन हुन ?

खबरडबली संवाददाता

काठमाडौं । फोर्ब्सले हालै विश्वका शीर्ष १० गरिब देशहरूको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार आठ देशहरू अफ्रिकाका हुन्, प्रति पूँजी जीडीपीको आधारमा देशहरूको सूची निकालिएको हो ।

यो सूचीमा भारतसँग मैत्रीपूर्ण सम्बन्ध भएको टापु राष्ट्र माडागास्कर १० औँ स्थानमा छ । भारत प्रतिद्वन्द्वी देशहरू, पाकिस्तान र बंगलादेश, गिर्दो अर्थतन्त्र र वित्तीय समस्या भए पनि यो सूचीमा छैनन् । इन्डिया डटकमका अनुसार यो सन् २०२४ को तथ्याङ्कमा आधारित छ ।

यी हुन् ती देशहरू

दक्षिण सुडान: फोर्ब्सका अनुसार, विश्वको सबैभन्दा कान्छो देश, प्रति व्यक्ति जीडीपीको हिसाबले सबैभन्दा गरिब देशको सूचीमा पहिलो नम्बरमा छ । २०११ मा एक सार्वभौम राष्ट्र बनेको सानो पूर्वी अफ्रिकी देशको जनसंख्या १ करोड ११ लाख रहेको छ । यहाँको कुल जीडीपी २९।९९ अर्ब डलर छ।

बुरुन्डी:  बुरुन्डी पूर्वी अफ्रिकामा रहेको सानो भूपरिवेष्टित देश हो । बुरुन्डी विश्वको दोस्रो सबैभन्दा गरिब देशको रूपमा सूचीकृत छ । यहाँ १,३४,५९,२३६ जनसंख्याको कुल गार्हस्थ्य उत्पादन २।१५ अर्ब डलर छ। विज्ञहरूले बुरुन्डीको तीव्र जनसंख्या वृद्धि, साथै यसको ठूलो कृषि जनसंख्यालाई यसको आर्थिक समस्याको प्रमुख कारणको रूपमा जिम्मेवार ठहराएका छन्।

मध्य अफ्रिकी गणराज्य: ४३.०३ अर्ब डलरको कुल जीडीपी भएको मध्य अफ्रिकी गणराज्यको जनसंख्या ५,८४९,३५८ रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा गरिब देश हो। यहाँ सुन, तेल, युरेनियम र हीराको भण्डार नै भए पनि, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्वका ८० प्रतिशत नागरिक गरिबीको रेखामुनि बस्छन्।

मलावी:  मलावी मनमोहक परिदृश्यका लागि परिचित छ । दक्षिणपूर्वी अफ्रिकामा अवस्थित मलावी २,१३,९०,४६५ जनसंख्या छ । यहाँको कुल जीडीपी १०।७८ अर्ब डलर छ । मलावी कृषिमा धेरै निर्भर छ । कृषि पनि वर्षामा निर्भर हुन्छ तर जलवायु परिवर्तन जस्ता कारणले उत्पादन कमी हुँदा जनताहरू मारमा छन् ।

मोजाम्बिक:  पूर्वी अफ्रिकामा रहेको कम जनसंख्या भएको मोजाम्बिक विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा पाँचौँ स्थानमा छ। प्राकृतिक स्रोतसाधनमा धनी भए पनि, प्राकृतिक प्रकोप, रोग, तीव्र जनसंख्या विस्फोट, कम कृषि उत्पादकत्व र सम्पत्ति असमानताले ग्रस्त छ । वर्षौंदेखिको आतंकवाद र गिरोह हिंसाले यो देश तहसनहस भएको छ। पूर्व पोर्चुगिज उपनिवेश मोजाम्बिकको २४।५५ अर्ब डलरको सम्पत्ति छ । यहाँको जनसंख्या ३४,४९७,७३६ रहेको छ।

सोमालिया:  अफ्रिकाको सबैभन्दा बढी हिंसाग्रस्त देशहरू मध्ये एक हो, सोमालिया । समुद्री डाँकाहरूका लागि सोमालिया कुख्यात छ । यहाँको जनसंख्या १९,००९,१५१ जनसंख्या रहेको छ । १३।८९ अर्ब डलरको जीडीपी सोमालियाको छ । विनाशकारी गृहयुद्धले तहसनहस भएकाले यहाँको राज्य र अर्थतन्त्र ध्वस्त भएको छ

प्रजातान्त्रिक गणतन्त्र कंगो: उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो देश, प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वको सातौं गरिब देश हो । यहाँको कुल जीडीपी ७९।२४ अर्ब डलर छ । १०४,३५४,६१५ जनसंख्या भएको कंगो कोबाल्ट र तामा जस्ता प्राकृतिक स्रोतसाधनमा धनी छ । तर पनि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । लगभग ६२ प्रतिशत कंगोलीहरू प्रति दिन १८० रुपैयाँभन्दा कममा बाँचिरहेका छन् । यहाँका जनतालाई नेपाली शान्ति सेनाले सुरक्षा दिइरहेका छन् ।

लाइबेरिया: ५,४९२,४८६ जनसंख्या भएको यो पश्चिम अफ्रिकी राष्ट्र विश्वको आठौं गरिब देश हो । यसको कुल जीडीपी ५।०५ अर्ब डलर छ। विज्ञहरूका अनुसार लाइबेरियाको दीर्घकालीन गरिबी विनाशकारी गृहयुद्ध र इबोला जस्ता प्रकोपहरू मुख्य कारण हुन् ।

यमन: इरानको नजिकको सहयोगी यमन विश्वको नवौं सबैभन्दा गरिब देश हो । यहाँको जीडीपी १६।२२ अर्ब डलर छ । लगभग ३४।४ मिलियन जनसंख्या रहेको यमनमा वर्षौंदेखिको गृहयुद्ध र राजनीतिक अस्थिरता छ, जसले यसको अर्थतन्त्रलाई ध्वस्त पारेको छ।

यमन द्वन्द्वले लाखौंलाई आन्तरिक रूपमा विस्थापित गरेको छ । पूर्वाधारमा क्षति पुर्‍याएको छ र कृषि उत्पादनमा बाधा पुर्‍याएको छ । खाना, पानी र औषधि जस्ता आवश्यक वस्तुहरूको अभाव भएको छ । लाखौंले बाँच्नको लागि संयुक्त राष्ट्र संघ जस्ता एजेन्सीहरूबाट प्राप्त मानवीय सहायतामा भर पर्नु परेको छ।

माडागास्कर: रणनीतिक हिन्द महासागर क्षेत्रमा भारतको नजिकको सहयोगी टापु राष्ट्र माडागास्कर विश्वको १० औँ सबैभन्दा गरिब देश हो । ३०।३ मिलियन जनसंख्या रहेको माडागास्करको कुल जीडीपी १८।१ बिलियन डलर छ। १९६० मा सार्वभौम बनेको पूर्व फ्रान्सेली उपनिवेश माडागास्करको अर्थतन्त्र प्रायः पर्यटन र खानीमा निर्भर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending