दाङ । बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ।
मानव बस्तीमा पसेर स्थानीयका बाख्रा खोरमा पसेर बाख्रा मारेर खाँदै गरेको देखेपछि स्थानीयले मध्यराति बर्दिया निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।
निकुञ्जका सूचना अधिकारी शान्त मगरका अनुसार बाख्राको खोरमा पसेर बाघले चार पाँच वटा बाख्रा मारेको भन्दै स्थानीयले राति एक बजेतिर आत्तिँदै खबर गरेका थिए।
बस्तीमा पसेको बाघको उद्धारको लागि निकुञ्जले योजना बनाएर गएको र बिहान नौ बजेपछि डार्ट गरी झन्डै दुई साढे दुई वर्ष जतिको पोथी बाघको बच्चालाई उद्धार गरिएको सूचना अधिकारी मगरले बताए।
मगरका अनुसार पाटे बाघको त्यो बच्चा भोको भएपछि पेट भर्नका लागि स्थानीयले पालेका बाख्राको खोरमै पसेर केही बाख्राहरू मारेको देखिएको छ।
डार्ट गरी नियन्त्रणमा लिइएको बाघको बच्चालाई अहिले पशु चिकित्सकले रेखदेख र चेकजाँच गरिरहेको उनले बताए।
नियन्त्रणमा लिइएको त्यो बाघको बच्चाको बारेमा थप केही निर्णय भइनसकेको र त्यसबारे सल्लाह हुने उनले जानकारी दिए। बच्चा भएको हुँदा ऊ धेरै टाढा नगएको हुँदा समयमै नियन्त्रणमा लिन र उद्धार गर्न सम्भव भएको उनको भनाई छ ।
नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले त्यो पाटे बाघको बच्चा नियन्त्रण लिइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: