Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट

खबरडबली संवाददाता

काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट बनेको  छ।

मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,’खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ। हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ, र हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौँ। नेपाली टिमलाई अझ उचाइमा पुर्‍याउन हाम्रो निरन्तर साथ रहनेछ। फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौँ। खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्त्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौँ।’ भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending