विराटनगर । बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिइ मेयर दिलप्रसाद राईले आठौं तहका अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएका हुन् ।
२८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत काम गरेको उनको आरोप छ ।
कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृतस्तर आठौं तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनियता भंग गर्ने, कार्यलयको हित विपरित काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरित काम कारवाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेबारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’
नगरपालिका स्रोतका अनुसार बेलबारी नगरपालिका ७ मा व्यक्तिको जग्गामा सरकारी बजेटमा घाट निर्माण भइरहेको छ । १ करोड ११ लाखमा ठेक्का लागेको घाटाको निर्माण जारी छ ।
व्यक्तिको जग्गामा सरकारी बजेट खर्च भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो उजुरी खड्काले गरेको आरोप छ । खड्काले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१र१०र२८ गते बसेको १२७ औं बैठकको निर्णयानुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराईन्छ’, खड्कालाई दिइएको पत्रमा लेखिएको छ । पत्र पठाएपछि खड्का कार्यालयमा हाजिर भएका छैनन् ।
उपमेयर नितु थापा कोइरालाले अधिकृत खड्कालाई आफ्ना कुरा राख्ने मौका नदिइ जिम्मेवारीबाट हटाउनु गलत भएको बताइन् । खड्कामाथि भएको कारवाही गैरकानुनी भएको उनले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले नगरपालिकाको हित विपरीत काम गरेका कारण कार्यपालिकाले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: