Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नक्कली नागरिकताधारीलाई सत्ताधारी दल एमालेको संरक्षण

२६ पटक पेशी चढेको मुद्वा १६ पटक स्थगित

खबरडबली संवाददाता

काठमाडौं। नक्कली विवरण दिएर फर्जी नेपाली नागरिकता लिएको आरोप लागेकी महिला युवन्तिका राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै दलले संरक्षण गरिरहेको पाइएको छ।

नक्कली नागरिकता लिएको आरोपसहित चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा धरौटीमा छुटेकी यी महिला त्यसयता पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आसपासमै देखिन्छिन्। यतिमात्र होइन प्रधानमन्त्रीको दल नेकपा एमालेको पार्टीको पदाधिकारी निर्वाचित पनि भएकी छिन्।

अदालतले भने उनलाई ‘कसूर गरेको मान्न सकिने पर्याप्त आधार रहेको’ भन्दै धरौटीमा छाडेको थियो। धरौटीमा थुनाबाहिर रहेर नक्कली नागरिकताको मुद्दा लड्दै आएकी राईले अहिले आफूले मुद्दा हार्ने अवस्था आएपछि अदालतमा मुद्दाको सुनुवाइ नै हुन नदिने प्रपञ्च गरिरहेकी छन्। यसका लागि उनले इलाम क्षेत्र नम्बर १ का सांसद सुहाङ नेम्वाङको ल फर्मलाई समेत प्रयोग गरेकी छन्।

अदालतमा विचाराधीन विवादित नागरिकताकै आधारमा उनले पर्वतारोहणको इजाजतपत्र लिएकी थिइन्। यही इजाजतका आधारमा उनले पूर्व सभामुख सुवास नेम्वाङको तस्वीर साथमा लिएर सगरमाथा आरोहण गरिन्। त्यसपछि उनलाई इलाम क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले २०७९ को मंसिर अन्तिम साता सम्मान समेत गरेका थिए।

युवन्तिका इलाममै बसोवास गर्ने महिला हुन् तर उनी नेपाली नागरिक भएको कुनै प्रमाण छैन। भएको नागरिकताको विवरण फर्जी भएको आरोप अदालतमा विचाराधीन छ। उनको पहिलेदेखि नै इलामका प्रभावशाली एमाले नेता नेम्वाङको परिवारसँग निकट सम्बन्ध थियो। नेम्वाङसँगको सम्बन्धकै आधारमा उनको पहुँच प्रधानमन्त्रीको कार्यकक्षसम्म पुगेको थियो।

जिल्ला अदालतमा सुनुवाइ सकिएर अदालतले प्रमाण बुझिसकेको र कानुन व्यवसायीको बहस नोटसमेत मागिसकेको अवस्थामा पनि यसको सुनुवाइ पटक पटक स्थगित भइरहेको छ। केही सीमित मुद्दाहरुमा बाहेक सामान्यतया अदालती अभ्यासमा बहस नोट मागिसकेपछि धेरैजसो मुद्दामा अन्तिम फैसला हुने गरेको छ। तर, यो मुद्दाको सुनुवाइ नै स्थगित भइरहेको छ।

अदालतको रेकर्डअनुसार यो मुद्दा सबैभन्दा धेरै पटक प्रतिवादीको कानुन व्यवसायीबाट स्थगित भएको छ। हालसम्म मुद्दा २६ पटक पेशी चढेकोमा १६ पटक स्थगित भएको छ।

यीमध्ये २ पटक बार एसोसिएसनको पत्रले पेशीबाट हटाइएको छ भने बाँकी पेशी प्रतिवादीको कानुन व्यवसायीबाट स्थगित भएको छ। उनीविरुद्ध मुद्दा दायर गर्ने पक्षले उनले मुद्दा हार्ने डरले यसरी सुनुवाइ नै स्थगित गराउँदै आएको आरोप लगाउँछन्।

युवन्तिकाले यही विवादित नागरिकताका आधारमा पर्वतारोहण सम्बन्धी काम गर्ने एक युवासँग विवाह प्रमाणित गराएकी छन्। ती युवाको मृत्यु भइसकेको छ। मृतक युवाका परिवारले उनले झुक्याएर नाता प्रमाणित गराएको बताउँछन्।

उनले मृतक युवाको परिवारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा हालेर उनीहरुको सम्पत्ति रोक्का गराएकी छन् जसका कारण उनीहरुको पूरै व्यवसाय धराशायी भएको छ।

युवन्तिकाको नागरिकता नै फर्जी ठहर हुन सक्ने आधार देखिएपछि काठमाडौं जिल्ला अदालतले उनको अंश मुद्दामा पनि अन्तिम फैसला रोकेको छ। तर, नागरिकताको विचाराधीन मुद्दामा अन्तिम फैसला नआउँदा काठमाडौं जिल्ला अदालतले उनले श्रीमान दावी गरेका युवाको परिवारको सम्पत्ति फुकुवा गर्न सकेको छैन।

मुद्दा स्थगनको लागि उनले कानुन व्यवसायी मात्र नभइ चितवन जिल्ला बार एसोसिएसनलाई समेत प्रयोग गरेको आरोप छ। २०७५ मा चितवन जिल्ला बार एसोसिएसनको अध्यक्षमा निर्वाचित कमल पाठक अहिले एमाले चितवनको अध्यक्ष छन्। उनले बारमार्फत मुद्दाको अन्तिम फैसला नगर्न अदालतमा दबाब बढाएको उजुरीकर्ताको आरोप छ।

युवन्तिकाले नक्कली नागरिकता बनाएको आरोपसहित छविलाल तामाङले २०७९ फागुन ८ मा मुद्दा दायर गरेका थिए। उनले नागरिकता बनाउन छविलाललाई आफ्नो पिता दावी गरेकी थिइन्। छविलाल युवन्तिका आफ्नी छोरी नभएको बताउँछन्। नक्कली नागरिकताको मुद्दामा सुनुवाइ भएर धरौटीमा छुटेपछि युवन्तिकाको एमालेभित्र पहुँच भने बढ्दै गएको छ।

यसअघि इलाम क्षेत्र नम्बर १ का सांसद रहेका आफ्ना पिता सुवास नेम्वाङको निधनपछि उपचुनाबमा उम्मेदवार बनेका सुहाङ नेम्वाङको चुनावी सभामा युवन्तिका नाचेकी थिइन्। यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं पुगेका थिए र उनकै अगाडि युवन्तिका नाचेकी थिइन्। त्यतिबेला उनी अदालतबाट धरौटीमा छुटेकी आरोपी थिइन्।

मुद्दा विचाराधीन भएकै अवस्थामा गएको जेठमा भएको नेकपा एमाले इलामको अधिवेशनमा युवन्तिका आदिवासी जनजाति महिला कोटाबाट एकालेको जिल्ला कमिटी सदस्यमा समेत निर्वाचित भइसकेकी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending