जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दास गुण्डागर्दीमा उत्रेका छन् । मेयर र उनका छोराबाटै प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साह असुरक्षित बनेका हुन् ।
एक शिक्षकलाई हाजिर गराएकै निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजनले कार्यकक्षमै कुटेका थिए । पछि मेयर बेचन पुग्दा गोली हानी मार्ने धम्की दिएको अधिकृत साहले आरोप छ।
अधिकृत साह मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा मेयर र उनका छोराविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । साहले आइतबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया समक्ष उजुरी दिँदै कुटपिट गर्ने मेयरका छोरा र धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
अधिकृत साहले आफ्नो सुरक्षाको माग पनि गरेका हुन् । उनले दुई प्रहरी र वडाध्यक्ष राजकिशोर सिंहको उपस्थितिमा मङ्गलवार मेयर दासले गोली हान्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा अर्को व्यवस्था नहुन्जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ ।’
शिक्षक सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षक पवन कुमारी विदेह नगरपालिका पुगेकी थिइन् । मेयर नगरपालिकामा नरहेको बेला अधिकृत साहले उनलाई हाजिर गराए । सोही विषयलाई लिएर ‘तैँले किन हाजिर गराइस् ?’ भन्दै मेयरका छोराले अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेको बताइएको छ ।
एक शिक्षिकालाई हाजिर गराएकै निहुँमा मेयरका छोराले आफुलाई कुटपिट गरेको अधिकृत साहले बताए । मेयर आएपछि प्रहरीकै सामुन्ने गोली हानेर मारिदिने धम्की दिएको उनको भनाइ छ । आफु प्रशासनसँग सुरक्षा माग गरेको र धेरै परेशानीमा रहेकाले धेरै बोल्न नसक्ने बताए ।
मेरो छोरालाई ‘हु आर यू’ भनेपछि विवाद भयो मेयर
मेयर दासले शिक्षिकालाई हाजिर गराएको विषयमा मेरो छोराले बुझ्न जाँदा अधिकृत साहले ‘हु आर यू’ भनेपछि विवाद भएको बताए । उनले अधिकृतलाई कुटेको कुरा गलत रहेका जिकिर गरे ।
उनले भने, ‘यहाँ सामाजिक शिक्षकको दरबन्दी छैन । कतै हाजिर गर्न नदिएपछि यहाँ आएकी थिइन् । पहिले निर्णय त म लिन्छु नि । शिक्षा शाखासँग सोध्दा खाली नरहेको भनी हाजिर गराउन नसक्ने भन्यो । तर अधिकृतले आफूखुसी हाजिर गराउन मिल्छ ?’
‘मेरो छोराले शिक्षिकासँग तत्काल निवेदन लिन भनेका थिए । सात दिनको म्याद हुन्छ । बुवा आएपछि छलफल गर्नुहोला भनेर अधिकृतलाई भनेपछि मानेनन्’, मेयर बेचनले भने, ‘मेरो छोरालाई हु आर यू ? भन्दै अधिकृतले टेबल ठोकेर गाली गर्न थाले । अनि डिग्री पढेकाले त जरुर केहि गर्छ । त्यही भयो ।’
अधिकृत साह नगरपालिकामा हाजिर भएको मात्र २६ दिन भएको छ । घटनापछि काममा असन्तुष्टि जनाउँदै नगरपालिकाले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ । मेयर बेचनले हिजो मात्रै बोर्डको निर्णय गरेर मन्त्रालयमा पठाएको जानकारी दिए । अर्को अधिकृत पठाउन मन्त्रालयसँग माग गरेको उनको भनाई छ ।
मेयर दास स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हुन् । उनले नेकपा एकिकृत समाजवादीका राजकिसाेहर राेहीत यादवलाई एक हजार बढी मतले पछाडी पारी निर्वाचित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: