Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

संसद छलेर ल्याइएका अध्यादेशहरू पास हुँदैनः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू पास नहुने दाबी गर्नुभएको छ। उनले ती अध्यादेशहरू आफूहरूलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दाबी गरे। 

पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष प्रचण्डले मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरू पासै नहुने जिकिर गरे । जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उनले भने, ‘अध्यादेश पास हुँदैन ।’

वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष प्रचण्डले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराए । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उनले पेलेर नजान पनि आग्रह गरे । यसैगरी सरकारले विकास बजेट पनि घटाउँदै जान लागेकोले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ । अहिले आर्थिक सङ्कटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै उनले भने, ‘यदि विकास बजेट घटेमा प्रतिपक्ष सशक्त रूपमा प्रतिवाद गर्दछ ।’

यसैगरी उनले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने जानकारी दिए । उनले अहिलेको कांग्रेस र एमाले गठबन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिँदै नेकपा माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने पक्षमा नलाग्ने बरू जनतामाझ गएर सशक्त भएर प्रतिपक्ष बन्ने उल्लेख गरे । उनले अहिलेको सरकार ढाल्ने, नयाँ बनाउने वा नयाँ गठबन्धन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे । 

वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसक्ने दाबी गर्दै उहाँले बरु भ्रष्टाचार, विभेदलाई प्रोत्साहन गरेको आरोप लगाउनुभयो । साथै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झेलीको संज्ञा दिदैं एमालेको तुलनामा कांग्रेस केही बढी लोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । साथै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने पनि उनले बताए । 

एक अर्को प्रसँगमा उनले नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पनि पार्टी एकीकरणवारे छलफल भइरहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका सम्वन्धमा धेरै पहिलेदेखि नै छलफल भइरहेको छ, एकीकरणको आधारहरू तयार भईरहेको बताए। समाजवादी मोर्चामा यसबारेमा पनि बहस भइरहेको हुँदा आधारहरू तयार भएपछि एकीकरण हुने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending