काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्न तेर्स्याएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न सकेको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेन छ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ । उहाँहरूले लेख्नुभएको छ – क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र रु कृपया यसको बारे बोलिदिनु न ।’
उनले कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने त कहिले सत्ता टिकाउन पर्ने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने भनेर सरकारको आलोचना गरे । ‘यता अभद्र व्यवहार भनेर आशिका तामाङहरू जस्तालाई १५–१५ दिन हतकडी लगाएर डुलाउने,’ उनले भने ।
सदन र भाषणहरूमा युवाहरू देश छाडेर गए भनेर धेरै नेताहरूले चिन्ता व्यक्त गरे पनि व्यवहारमा दलीय आधारमा एउटा पक्षको विद्यार्थीहरूलाई मात्र देश सुरक्षित छ भनेर नेपाली युवाहरूलाई सन्देश दिइरहेको उनको जिकिर थियो ।
‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने रु तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ?,’ उनले प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: