Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

आकस्मिक समय मागेका तीन सांसदलाई किन ‘अर्को दिन’ भने सभामुखले ?

खबरडबली संवाददाता

काठमाडौं । लामो समयसम्म ढ्यापढ्याप गरेर समय लिने प्रक्रियालाई नयाँ बनाउँदै संघीय संसद्ले ०७९ चैतमा आकस्मिक समयको थप गरेको थियो ।

प्रतिनिधिसभा नियमावलीमा नै व्यवस्था हुनेगरी उक्त ढ्यापढ्यापे प्रक्रियालाई ‘आकस्मिक समय’ भने नामाकरण गरिएको छ ।

०७९ चैत २३ गतेबाट सुरु भएको आकस्मिक समयको यो प्रक्रियामा सांसदहरूले अघिल्लो प्रतिनिधिसभाको बैठक र बैठक बसेको दिनको बीचमा भएका महत्वपूर्ण घटनालाई उठाउन सक्ने व्यवस्था राखिएको छ ।

त्यसअघि भने प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो ।

सोमबार जारी प्रतिनिधिसभा बैठकमा पनि आकस्मिक समय छुट्टयाइएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी, रास्वपा सांसद सन्तोष परियार, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, कांग्रेस सांसद मोहनबहादुर बस्नेत, रास्वपा सांसद सुमना श्रेष्ठले आफ्ना कुरा राखे ।

तर, आकस्मिक समय माग गरेका तीनजना सांसदले भने समय पाएनन् । रास्वपा सांसद सोविता गौतम, राप्रपा सांसद ध्रुवबहादुर प्रधान र नेमकिपा सांसद प्रेम सुवालले आकस्मिक समय नपाएका हुन् ।

उनीहरूले बैठक सुरु हुनासाथ उठेर आकस्मिक समय माग गरेका थिए । सभामुख घिमिरेले भने आफूले नाम बोलाएर समय दिने बताउँदै बैठक अघि बढाएका थिए ।

सोही आग्रह अनुसार तीनै सांसदहरू आसनमा बसे । उनीहरू आकस्मिक समयका लागि कुरिरहेका थिए ।

यद्यपि आकस्मिक समय सकाएर सभामुख देवराज घिमिरेले शून्य समयको कार्यक्रममा प्रवेश गर्ने बेलासम्म पनि उनीहरूको नाम बोलाएनन् । त्यसपछि उनीहरू फेरि उठे ।

उनीहरूले आकस्मिक समयमा बोल्नुका लागि समय मागे गरे । तर, सभामुख घिमिरेले आजका लागि आकस्मिक समय सकिएको भन्दै अर्को दिन बोल्नुपर्ने बताए ।

तर, सांसद प्रधान र गौतमले उठेर आफूहरूले बोल्न पाउनुपर्ने बताए । ‘अहिले निर्धारण भएका माननीय ज्यूहरूले बोल्नुभएको छ । बाँकी भएकाहरूले भोलि भोलि मिलाएर बोल्दै जाने सूचना म जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने ।

अवरोधकाबीच सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending