Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

भीमफेदीमा ग्यास बुलेट दुर्घटना हुूँँदा सडक अवरुद्ध

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटे स्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के इन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना भएको हो ।

 आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण बाटो अवरुद्ध भएको हो । दुर्घटनाका कारण उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ । 

ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाई छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेटको चालक र सहचालक दुवै जना सकुशल रहेका छन् । 

प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताए । उनले पल्टिएको ग्यास बुलेट उठाउन ३र४ घण्टा लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडकखण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोकपथ वा चितवन तर्फको बाटो प्रयोग आग्रह गरेको छन् ।

प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना नरहेको बुझिएको जानकारी दिए । उनले ग्यास बुलेट उठाउने र सवारी आवतजावतमा सावधानी अपनाइ रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending