काठमाडौं । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।
गए राति(माघ २७)करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ । दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ । काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
घाइतेको उपचार जारी छ । प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए ।
रिजर्भ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान रहेको र घाइते पनि दोलखाकै रहेका डीएसपी हमालले बताए । अरू घाइते ठिक हुन सक्ने अवस्थाकाा रहेको उनकको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: