Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ठाकुरबाबा नगरपालिकाले ‘काला नमक’ धानको संरक्षण गर्दै

खबरडबली संवाददाता

बर्दिया । कुनै समयमा थारु समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रर्वद्धनको सुरुवात गरेको छ । 

रैथाने बालीको रुपमा रहेको काला नमक धान खानको लागि स्वादिलो र वास्नादार हुने गर्दछ । स्थानीय स्तरमा यदा कदा पाइने काला नमक धानको ठाकुरबाा नगरपालिकाले विउ उत्पादन गर्न थालेको छ ।  

नगरपालिकाले सघन कृषि कार्यक्रम अन्तर्गत ५ विगहा जग्गा भाडामा लिएर लोपोन्मुख कृषि बालीको खेति गरी बिउँ उत्पादन गरेको छ । रैथाने धान काला नमक र मसिनो जातको धान ठाकुरबाबा नगरपालिका ५ वनविर मा खेती गरिएको छ । उक्त खेति कार्यमा पालिका अन्तर्गत रहेका कृषि शाखा कार्यरत कर्मचारी र ६ जना कृषि प्राविधिकले प्रशिक्षार्थीको रुपमा काम गरेको कृषि प्राविधिक विरेन्द्र रावतले बताए। 

यस वर्ष नगरपालिकाले गरेको खेतीमा २० क्विन्टल काला नमक धान उत्पादन भएको छ जसमध्ये ग्रेडिङ्ग गरेर करिब १५ क्विन्टल उच्च गुणस्तरको बिउँ उत्पादन गरिएको छ भने बिउँ बाहेकको काला नमक धान खायनमा प्रयोग गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘ठाकुरबाबा’ ब्राण्डको चामल उत्पादन गरी सहकारीहरूसँग समन्वय गरेर बजारीकरण गरेको ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए । उनका अनुसार कालानमक सँगै मसिनो बास्नादार ३० क्विन्टल धान उत्पादन गरि बजारीकरण गरिएको छ । 

नागरपालिकाले उत्पादन गरेको ‘ठाकुरबाबा’ नामक काला नमक चामलको मूल्य १७० रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । पर्यटकिय क्षेत्रलाई लक्षित गरी स्वादिलो धानको उत्पादन गरिएको बताउँदै पर्यटकहरूलाई खुवाउनका लागि नगरपालिकाले अग्रसरता लिएको शाखा प्रमुख बमले बताए। उनले भने, ‘अब बर्दियामा आउने पर्यटकहरुले काला नामक र मसिनो बास्नादारको भात खाने पाउनेछन् ।’

५० प्रजातीका रैथाने बालीको प्रवर्द्धन गरिँदै 

कालानमक, मसिनो बास्नादार, अनदी, तिल्की लगाएतका धान बाली,  थारु आलु, स्थानीय  हिउँदे सिमि, दलहन, मसला जन्यबाली लगाएतका ४५ प्रजातीका रैथाने बालीको प्रवद्र्धन गर्न थालिएको छ। 

केही वर्षअघि देखि खेती सुरुवात गरेको थारू आलु हाल १५ विगहा क्षेत्रफलमा पालिकाले नै खेती गरेको छ । यस वर्षदेखि स्थानीय सिमिकोसमेत खेतीको सुरुवात गरिएको कृषि शाखा प्रमुख बमले बताए। कृषकहरूले हेर्ने र यसरी पनि खेती हुने रहेछ भनेर सिकाउनका लागि खेती गरिएको उनले बताए। 

लोपोन्मुख बालीको संरक्षणका साथसाथै किसानलाई पाठ शालाको रुपमा कृषिमा भित्रिएको प्राविधिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तीलकराम लम्सालले जानकारी दिए । उहाँले लोपोन्मुख रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउँ उत्पादन गर्ने लक्ष्य लिइ खेती सुरु गरिएको बताउँदै आगामी दिनमा थप क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लम्सालले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगमा बयान दिन उपस्थित भए रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...

नख्खुबाट भागेका एक कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...

चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

रौतहट। रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending