Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

शंकर पोखरेलद्वारा वर्षमानलाई फोनः अध्यादेशमा सहयोग गर्न आग्रह

खबरडबली संवाददाता

गुल्मी । एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरी अध्यादेशमा सहयोग खोजेका छन्  । 

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताए । सरकारले सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारले गत १८ माघमा सुरु संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशहरू पेस गरेको थियो । बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो । 

प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारले अन्तिम समयमा आएर कार्यसूचीबाटै उक्त विषय हटाएको थियो । ६० दिनभित्र संघीय संसदबाट प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिले अनुमोदन नगरे कानूनी रिक्तता हुन्छ कि भन्ने दबाबमा सरकार छ । 

उपमहासचिव पुनले अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको टिप्णणी गरे । आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको उनको भनाइ थियो । अध्यादेशअघि सामान्य छालफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरुसँग सहयोगको हात बढाएको उनको भनाइ थियो । अध्यादेशबाट शासन गर्न उद्धत भएर आफूहरुलाई बाइपास गरको एमालेले अप्ठ्यारोमा परेपछि सहयोग माग्न थालेको पुनले बताए । मुलुकका समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिएर प्रक्रियागत रुपमा विधेयक ल्याउन उनले आग्रह गरे । 

‘दुई तिहाईको दुहाई दिने सरकारले अध्यादेबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुई तिहाई छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो । राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ । आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो’, पुनले भने, ‘अस्तीसम्म हामीसँग दुई तिहाई छ भनेर धाक लगाउँदै हिंड्नुभएको थियो । अब दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुंकार गनुृहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’ 

फरक प्रसंगमा पुनले वर्तमान सरकारले भ्रष्टाचार, अनयिमितता, राज्य दोहन र तस्करीमा संलग्नलाई संरक्षण गरिरहेको आरोप लगाए । आफ्ना अध्यक्ष प्रचण्डले प्रमुख विपक्षी दलका नेताका रुपमा बिहीबार संसदमा बोल्दा शेरादरबारबारे आफूमाथि उठेको प्रश्नमा छानबिन माग गरेको भन्दै आफूमाथि उठेका प्रश्नमा छानबिन गर्न तया हो कि होइन रु भन्ने प्रश्न गरे । एकपछि अर्को गरेर मानव तस्करी र सहकारी ठगीमा संलग्न सत्तापक्षका नेता कार्यकर्तामाथि मुद्धा चलाउनुनपर्ने निर्णय गरिरहेको राज्य संयन्त्रले उस्तै प्रकृतिको कसुरमा विपक्षी दलका नेता र सर्वसाधारणमाथि विभेदपूर्ण र प्रतिशोधी तवरले छानबिन र अभियोजन गरिरहेको टिप्पणी पुनको थियो । 

‘मानव तस्करीमा प्रश्न उठेका मन्त्री जापान पुग्नुहुन्नछ । जापानले एयरपोर्टबाटै फिर्ता पठाउँछ । उहाँले लगेका युवाहरु थुनामा छन् । एमालेकै सांसद भएका कारण उनले उन्मुक्ति पाएका छन् । काँग्रसका सांसदमाथि प्रश्न उठ्छ । सकरारी वकिलले मुद्धा चलाउँदैन’, पुनले भने, ‘त्यस्तै प्रकृतिको मुद्धामा विपक्षी दलको नेतालाई देशैभर हिंडाइन्छ । के यस्तै हुन्छ नेपालमा न्याय रु यही हो लोकतन्त्र र कानूनी शासन रु प्रश्न उठेका सत्तापक्ष होस् वा प्रतिपक्ष होस् । सबैमाथि निष्पक्ष छानबिन हुनुपर्छ । अनुसन्धान निर्देशित हुनुहुँदेन भन्ने हाम्रो मान्यता हो । राज्यका संयन्त्र कसैका लागि उन्मुक्ति र कसैकाविरुद्ध प्रतिशोधका साधन बनाइएकोमा हाम्रो आपत्ति हो ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending