धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे दान संकलन भएकाे छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश स्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयाेजना गरेकाे महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेकाे छ । शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूकाे उल्लेखनीय सहभागिता रहेकाे आयाेजक समितिले जनाएकाे छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएकाे छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमकाे सेवा सहजताकाे लागि १ लाख रूपैयाँ दिने घाेषणा गरेकाे छ । नगरपालिकाकाे तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उप-प्रमुख कल्पना जाेशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे हाे ।
धनगढी उपमहानगरपालिका-४ निवासी समाजसेवी/व्यवसायी तथा महायज्ञ मूल आयाेजक समितिका संयाेजक मदन कुँवरका विदेशमा बस्ने छाेराछाेरीले स्वर्गीय हजुरबुवाकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ भने त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
महायज्ञमा टीकापुर नगरपालिका- ६ कैलाली निवासी माेहनबहादुर शाहले आश्रमकाे अक्षयकाेष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ याेगदान गरेका छन् । धनगढी उपमहानगरपालिका- १ निवासी सनराइज बाेर्डिङ स्कूलकाे संरक्षक प्रिजा सापकाेटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान गरेका हुन् । धनगढी निवासी गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ दान गरेका हुन् । धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितकाे टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गरेका हुन् ।
त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढी निवासी सरस्वती धामी जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ निवासी उषा जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जाेशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जाेशीले ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ, धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ याेगदान गरेकाे छ ।
महायज्ञमा भाेलि वरिष्ठ पत्रकार राजेन्द्र बानियाँकाे समेत प्रस्तुति रहने आश्रमले जनाएकाे छ । माघ २३ गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: