काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन्।
अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका हुन्।
आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए। यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए।
अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए। यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले स्पष्ट गरे।
संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए। उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिँदै एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: