तानसेन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताएको छन । प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सदन नबसेका कारणले देशमा तत्काल देखा परेको समस्या समाधान गर्न अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि सरकारले त्यसलाई कुल्चेको आरोप उनले लगाए।
उनले भने, ‘‘सदन नबसेको बेलामा देशमा देखिएको विशिष्ट समस्या तत्कालै समाधान गर्न अध्यादेश ल्याउने संसदीय परम्परा हो, तर देशमा अहिले त्यस्तो परिस्थिति नभएको बेलामा अध्यादेश ल्याउनु देश र जनताको हितविरुद्ध छ ।’’
सामान्य अवस्थामा पनि अध्यादेश ल्याएकाले माओवादीलगायतका प्रतिपक्षी दलहरूले त्यसको विरोध गरेको श्रेष्ठले बताए। उनले विचार मिल्नेसँग एकता र विचार नमिल्ने पार्टीहरूसँग कार्यगत एकता गरेर देशको राष्ट्रिय एजेण्डामा सँगै अघि बढ्ने जानकारी दिए।
श्रेष्ठले अहिलेको मुख्य राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नु रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति दिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । अबको राजनैतिक परिवर्तन आम जनताले अनुभूति गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए।
नेता श्रेष्ठले नेपाली श्रमिक युवालाई स्वदेशमा जबसम्म बस्ने र फर्काउने अवस्था रहँदैन, तबसम्म राजनैतिक परिवर्तनको औचित्य नहुने जिकिर गरे। सरकारले राष्ट्रिय कार्यभार पूरा गर्ने सन्दर्भमा ल्याएका एजेण्डामा आफूहरू छलफल गर्न तयार रहेको श्रेष्ठको भनाइ छ । हिजो माओवादीको नेतृत्वमा भएको सरकारले सुशासन, समृद्धि र जनआकाङ्क्षा पूरा गर्ने गरी काम गरेपनि वर्तमान सरकारले त्यसलाई छाडेको उनको दाबी छ ।
एमाले र कांग्रेस सम्मिलित सरकार बनेपछि भ्रष्टाचारीलाई जसरी जोगाउने काम भएको छ, त्यसलाई आफूहरूले प्रतिवाद गर्ने नेता श्रेष्ठले बताए। आफूहरू सरकारमा भएका बेला अगाडि बढाएको भुटानी शरणार्थी काण्डको पूरा अनुसन्धान नसकिएको अवस्था रहेकाले त्यसलाई पूर्णता दिन उनले सरकारलाई आग्रह गरे।
अहिले जनताले चाहेअनुसारको पार्टी बनाउन माओवादीले देशभर नयाँ अभियान थालेको बताए। माओवादीलाई समयअनुसार जनताको पार्टी बनाउन पार्टी पुनर्गठनको अभियान सुरु भएको माओवादी नेता श्रेष्ठको भनाइ छ । देशको हित र जनताको चाहना अनुसारको पार्टी बनाउन माओवादी रूपान्तरण नभई नहुने र त्यसका लागि माओवादीले आफू बद्लिने र देशलाई बदल्ने अभियान सुरु गरिसकेको उनले जिकिर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...
आषाढ़ २९ गते, २०८३ - १५:०४
काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...
आषाढ़ २९ गते, २०८३ - १४:४५
कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...
आषाढ़ २९ गते, २०८३ - १४:२७
काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...
आषाढ़ २९ गते, २०८३ - १४:१६
धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् । सत...
आषाढ़ २९ गते, २०८३ - १३:४६
काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...
आषाढ़ २९ गते, २०८३ - १३:२३
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...
आषाढ़ २९ गते, २०८३ - १२:५५
काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...



प्रतिकृया लेख्नुहोस्: