कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्कीको पोखरा १७ छोरेटापन बस्ने वर्ष ३१ की इन्दिरा विक, सोही ठाउँ बस्ने वर्ष ३६ का राजन विक र खोटाङको हलेसी नगरपालिका वडा नं.१ की वर्ष २७ की लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
तीन जनालाई जिल्ला अदालत कास्कीबाट शुक्रवार ठगीसम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । उनीहरूले पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक पटक गरी तेह्र लाख पचास हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङले प्रहरीमा जाहेरी दिएका थिए ।
गुरुङको जाहेरीपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट सेतो रङका पारदर्शी ढुङ्गा र विभिन्न बैकका एक लाखका चार चेक फेला पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८१ - १५:५०
काठमाडौं । काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्...
चैत्र १५ गते, २०८१ - १५:४८
काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाह...
चैत्र १५ गते, २०८१ - १५:४७
काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी प्रयास भएको छ । दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश...
चैत्र १५ गते, २०८१ - १५:४७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका ...
चैत्र १५ गते, २०८१ - १५:३८
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्। राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास ...
चैत्र १५ गते, २०८१ - १५:३७
काठमाडौं । काठमाडौंको पेरिसडाँडा (माओवादीको कार्यालय) नजिक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हु...
चैत्र १५ गते, २०८१ - १५:३३
काठमाडौं। काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।...
चैत्र १५ गते, २०८१ - १५:२७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी...
चैत्र १५ गते, २०८१ - १५:२४
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजर...
चैत्र १५ गते, २०८१ - १५:१५
काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजा...
प्रतिकृया लेख्नुहोस्: