काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित शक्तिपीठमा लामो समयदेखि समावेशीमूलक पुजाआजाको सुरुवात भएको त्यहाँका पुजारीले बताउने गरेका छन्।
विश्वनाथ ज्योतिर्लिङ्ग धामका मूल पुजारी समेत रहनुभएका मठाधीस ज्योतिषाचार्य एवम् धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्त पञ्चाङ्गकारका अनुसार उक्त धाममा माघ शुक्ल प्रतीपदादेखि दशमी (माघ १७–२५ गते) सम्म २२ ताल कुम्भ मेला लाग्छ। उक्त मेलामा हालसम्म तीन लाख ७५ हजार दर्शनार्थी पुगेको उनको भनाइ छ।
मेलामा भारतका उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाव, लखनउ, दक्षिण भारतका कर्नाटकदेखि सुदूरपश्चिमका सबैजसो भक्तजन त्यहाँ पुग्ने गर्दछन्।
उनले भने, “शक्तिपीठमा चैत शुक्ल प्रदीपदादेखि चैत पूर्णिमासम्म कोटीहोम हुन्छ। अक्षय तृतीयामा अक्षय कुम्भदान मेला, गंगा दसारामा स्नान मेला, साउन महिनाभर साउने मेला र मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म मासपारायण मेला सम्पन्न हुन्छ। दैनिक मेला कोटीदीप प्रज्वलन, सत्यनारायण पुजा, महारुद्राअभिषेक, नवचण्डी, अखण्ड रामायणको पाठ प्रत्येक महिना गर्ने परम्परा छ।
पण्डित पन्तका अनुसार अद्भूत वनारसी धाममा वि।सं। १६०४ मा तत्कालीन महाराजा मानुक चन्दको पालामा राजगुरु राजज्योतिषी विरभद्र वसि पन्त लगायतका पण्डित, भट्ट, भाट, विष्ट, अवस्थी, कोली, दमाई, हुड्के, लुहार, कुमाल, पहरी आदि सम्पूर्ण राजारजौटाको छलफलपछि यो ठाउँमा कुनै पनि किसिमको विभेद हुनुहुँदैन भनेर निर्णय गरेका थिए।
स्कन्दमहापुराणको मानसखण्डमा उल्लेख भए अनुसार विश्वनाथ ज्योतिर्लिङ्ग देउतालाई ८४ रुप धारण गर्ने, २२ तालमा स्नान गर्ने, १२ मसानको गुरु ८४ सिद्धबाट सम्मानित र १६ शिवालयको गुरुको रुपमा मान्ने गरेको पन्तको भनाइ छ।
भगवान शिवले संसारभरमा धाम रचना गर्ने क्रममा आफ्नो दशदिग्पाल, पञ्चलोकपाल, एकाशदरुद्र, ४९ वायु, द्वादशादित्य, नवग्रहसहित ब्रह्मा विष्णु र नवदुर्गा भगवती र महाकालीलाई समेत निर्देशन गरेको पाइन्छ। उत्तर हिमालयको काखमा सरयू र गोमतीको संगम, निलपवर्तको फेद, असीबरुणको मध्य भाग र सुन्दर वणारसीपुरीमा यसको रचना गरेको भेटिन्छ। स्कन्द महापुराणको मानसखण्डको ७८ औं अध्यायमा भगवान शिवले भवानीसँग स्वयम् त्यहाँ आएर पुजा गर्नेछु भनेर स्पष्ट लेखिएको छ।
पण्डित पन्तले विश्वनाथ वानरसी धाममा १२ औं शताब्दीदेखि पुजा गर्ने परम्परा रही आएको बताए। उनले भने, “१२ औं शताब्दीदेखि पुजा गर्ने परम्परा चलेको हो। अनादिकालदेखि पुजनीय ठाउँ हो। महाभारतमा वर्णन भएका शैल्य राजाले समेत शल्य दशमी दिनमा पुजा गरेर आफ्नो मन्त्र सिद्ध गरेका थिए। त्यही मन्त्रका आधारमा यो धाम विभेदरहित क्षेत्र घोषणा भएको ४१८ वर्ष पुरा भएको छ।”
बैतडीको मैनावती कोटमा तत्कालीन महाराजा मानुक चन्दले वि.सं. १६०४ देखि १६८४ सम्म राज्य गरेको इतिहास छ।
एक समय गाउँमा विभेद भएको देखेर महाराजा चन्दले राजगुरु वीरभद्र पन्तलाई बोलाइ सोधनी गर्दा विभेदमुक्त एवम् समावेशीमुलक समाजको बिन्तिपत्र प्रस्तुत गरेका थिए । तत्कालीन महाराजा चन्दले वि.सं. १६६४ मा उक्त बिन्तिपत्र राजसभा परिषद्बाट पास गराएका थिए।
विश्वनाथ वनारसी धाममा अहिले मूल पुजारीका रुपमा पण्डित गणेश पन्त, धिरे लोहार, पद्मे लोहार, हरि पन्त, झुले लोहार, गौरे लोहार, नरिभान लोहार र गोकुलेश्वरबाट जनक लोहार रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: