Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

ब्यवस्था र अवस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आयोः कमल थापा

खबरडबली संवाददाता

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको ब्यबस्था र अबस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन् ।

पार्टीको पुर्बान्चल, तराई/मधेस र मध्यमान्चल क्षेत्रका पदाधिकारी ,केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता ब्यक्त गरे ।

गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिबर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए ।

थापाले एजेन्डा स्थापित गर्ने समय अनुकुल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए ।'एजेन्डा मिल्नेहरु एक ठाउँमा बसेर अघि बढ्नुपर्छ, त्यो समयको आबश्यकता हो, माग हो। संकिर्णता, द्वैध चरित्र र अहड्ढारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरु बीच चाहिँ अब एकता प्रक्रिया शुरु गर्नुपर्छू थापाले भने ।

उनले हिन्दुबादी ,राजाबादी , देशभक्त र प्रजातन्त्रबादी अब ध्रुबिकरण हुनुपर्ने बताए । 

समान बिचार बोक्ने विभिन्न संघ, सस्था, अभियान,पार्टीसङ्ग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौ। तोकिएको मितिमा महाधिवेशन गर्न स्थानिय तहको अधिबेशन गर्न र संगठन सुदृढीकरणमा बिशेष ध्यान दिन समेत थापाले आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...

सिंहदरबार प्रवेश गर्न नदिएपछि गेटमै धर्ना बसेका निहारिका र बिनु को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...

बजेट विवाद मिलाउन मुख्यमन्त्रीको सक्रियता

धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् ।  सत...

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending