Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

लिमी लगायतका उच्च क्षेत्रमा हिमपात, सिमकोटमा परेन हिउँ

खबरडबली संवाददाता

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र लिमीलगायतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । मङ्गलबार रातिदेखि ती क्षेत्रहरुमा हल्का हिमपात भइरहेको हो ।

नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीलगायत उच्च स्थानमा हिमपात भइरहेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए। उनले मङ्गलबार रातिबाट हल्का हिमपात हुने क्रम जारी रहेको र जमिनमा हिउँ जम्न सुरु भएको जानकारी दिए।

लिमीमा यस वर्षको यो छैटौं हिमपात हो । उहाँका अनुसार लिमीका तीन वटै गाउँ तील र जाङका साथै लाप्चा, ताक्ची, न्यालु, नारा, यारी मुचुमा पनि हिमपात भइरहेको छ । उनले खासै बाक्लो हिमपात नभए पनि हिउँ पर्ने क्रम जारी रहेको बताए। तर नारा, न्यालु र लाप्चामा भने बाक्लो हिमपात भइरहेको छ ।

हिमपातसँगै चिसो बढेका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । तापक्रम पनि माइनसमा झरेको कारण चिसो बढेको बताउनुहुँदै उहाँले चिसोका कारण पशुवस्तु पनि गोठभित्रै राखिएको बताए।

सिमकोटमा परेन हिउँ
जिल्लाका उच्च क्षेत्रमा हिमपात भए पनि सदरमुकाम सिमकोटमा भने यस पटक पानी मात्र परेको छ । मङ्गलबार सुरुमा हिउँ पर्न सुरु भए पनि त्यसपछि रातभर वर्षा भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।

यसअघि जहिले पनि फागुन महिनासम्म सिधै हिउँ पर्ने सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा यस पटक हिउँ सट्टा वर्षा मात्र भएको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि माघ महिनामा वर्षा भएको हुन सक्ने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेशको बाटो रोज्नु लाजमर्दो कुरा, सरकार सही ट्र्याकमा छैन - प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे...

पर्यटन मन्त्रालय मातहतका निकायमा रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गर...

सर्लाहीमा इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई ने...

मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला

लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...

बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको  छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...

एमाले सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बै...

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना खुवाउन सुरु

काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...

कुशल भुर्तेलको नटआउट शतकमा अमेरिकामाथि नेपाल नाै विकेटले विजयी

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending