काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन्।
जापानको हिरोसिमा स्थित सो पार्क अवलोकनका लागि पुगेका पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण गरिएको हिरोसिमा पिस मेमोरियल पार्क आज विश्वभर शान्तिको सन्देश फैलाउने केन्द्रबिन्दु बनेको बताए
विश्व शान्तिका लागि हिरोसिमाले दिएको सन्देशको निक्कै मर्मस्पर्शी भएको बताउँदै महासचिव पोखरेलले हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणपछि परमाणु मुक्त विश्वको आवश्यकता र शान्ति स्थापनाका लागि सबै राष्ट्रहरूले संयमता अपनाउनु पर्ने जनाए ।
हिरोसिमाले इतिहासबाट पाठ सिक्न प्रेरित गर्नुका साथै विश्वमा दिगो शान्ति स्थापना गर्ने अभियानलाई सशक्त बनाउने उनको भनाई छ।
हिरोसिमामा दोस्रो विश्वयुद्धको क्रममा ६ अगस्ट १९४५ मा इतिहासकै सबैभन्दा दर्दनाक घटनामध्ये एक घटना भएको थियो । अमेरिकाले हिरोसिमा सहरमा परमाणु बम आक्रमण गर्दा हजारौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका थिए । सो आक्रमणबाट सहरमा अकल्पनीय विनाश भएको थियो ।
विगतका घाउ बिर्सँदै हिरोसिमा पुनर्निर्माण भएर शान्तिको प्रतीकको रूपमा स्थापित भएको छ ।
पार्क अवलोकन गर्न एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू लगायत पुगेका थिए।
सो क्रममा उनले परमाणु हमलाको विनाशकारी प्रभावको बारेमा जानकारी लिएका थिि।ए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १०:४२
जनकपुरधाम । जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेट गरी उनीहरूका म...
आषाढ़ ३० गते, २०८३ - १०:३२
सुलीकोट। गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ । किसानलाई पाँच किलो मल लिनका लागि पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भए...
आषाढ़ २९ गते, २०८३ - १७:५५
मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...
आषाढ़ २९ गते, २०८३ - १७:३६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...
आषाढ़ २९ गते, २०८३ - १७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...
आषाढ़ २९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...
आषाढ़ २९ गते, २०८३ - १६:४८
काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...
आषाढ़ २९ गते, २०८३ - १६:४०
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...
आषाढ़ २९ गते, २०८३ - १६:२२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...
आषाढ़ २९ गते, २०८३ - १६:००
कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...



प्रतिकृया लेख्नुहोस्: