काठमाडौं । बिहिबारबाट काठमाडौंमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण सुरु भएको छ । मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै यो महोत्सव विहीवार विहानबाट सुरु भएको हो । यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू फाईनलको लागि चयन भएका थिए । ती सबै चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएको छ । महोत्सवमा पहिलो दित लामा छोटा गरेर तीन दर्जन चलचित्र प्रदर्शन गरियो ।
यो महोत्सव बिहीबारबाटै राईजिङ मलको क्युएफएक्स सिनेमा र चलचित्र विकास बोर्डमा सुरु भएको हो । तथापि यो महोत्सवको उद्घाटन समारोह आयोजना काठमाडौँको दरबारमार्ग स्थित क्युएफएक्स राईजिङ मलमा गरिएको थियो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले महोत्सवका उद्घाटन गरे । विश्वभरीबाट महोत्वसमा सहभागी चलचित्रकर्मीलाई स्वागत गर्दै मन्त्री ठकुरीले यस्ता कार्यक्रममा चलचित्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
महोत्सवको प्रसँसा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समारोहमा विदेशी चलचित्रकर्मीलाई खादा र टोपी लगाएर स्वागत गरेका थिए । यस्ता महोत्सवलाई बोर्डले सहयोग गर्दै आएको उनले बताए ।
महोत्सवमा राष्ट्रिय टोलीका मुख्य निर्णायक बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले पनि बिदेशी चलचित्रकर्मीलाई नेपालमा स्वागत छ भन्दै यसपटकका चलचित्रहरु एक से एक राम्रा भएको बताए ।
महोत्सवकी विशेष अतिथि नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि सबैलाई स्वागत गर्दै महोत्सवमा राम्रा चलचित्र हेर्ने अवसर पाएको बताईन् ।
नेपाली मौलिक चलचित्रको प्रोत्साहनको लागि यो९ महोत्सव बिगत ६ वर्षदेखि आयोजना गर्दै आएको महोत्सव अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा जानकारी गराए । यसपटक महोत्सवमा ३५ जना चलचित्रकर्मीहरु सहभागी भएको बताए ।
यो महोत्सब शनिबार उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गर्दै समापन हुनेछ । जसमा उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० मा अवार्डहरू प्रदान गरिने छ ।
महोत्सवमा अन्तराष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन् । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का,अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री छन् । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत आयोजना गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: