काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागिरहेको बताएका छन्।
शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्री सूचनाबाट बिमुख रहेको बताए।
विपक्षी दलहरूको प्रतिनिधित्व गर्दै उनले सम्बोधनमा भने, ‘तपाईंले भ्रष्टाचार गर्नुभएको छ कि छैन मलाई त्यो थाहा छैन, तर तपाईंको रिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका छन्, भ्रष्टाचार चरम रुपमा छ।’
लिङ्देनले प्रधानमन्त्रीको वरिपरिका मानिसहरू भ्रष्टाचार र उठ्ती-पुठ्तीमा संलग्न रहेको बताए। उनले निर्माण व्यवसायीलाई सरकारले दिने भुक्तानीमा समेत रकम उठाइरहेको बताए।
लिङ्देनले प्रधानमन्त्री अन्तर्गतको राजश्व अनुसन्धान विभागले व्यापारीलाई सताएर पैसा उठाइरहेको बताए।
‘कुनै अरू नेतालाई नभन्नु है दु:ख पाइएला, व्यापारीलाई सताएर पैसा उठाएको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले कुन व्यापारीको फर्ममा छापा मार्यो भने बिल नमिलेको सामान छैन होला।’
बोर्डरबाट तस्करीको सामान छोडिने र नेपालपट्टी आएपछि छापा मारेर अनि सल्लाह गर्न आउ भन्ने अहिले पनि भइरहेको लिङ्देनले बताए।
‘प्रधानमन्त्रीका मान्छे ६ महिने कार्यकालमा विभिन्न पदहरूमा करोड-करोड अफर गरिरहेका छन्। प्रधानमन्त्रीको वरिपरिकाले गरिरहेका छन,’ उनले भने।
उनले मुलुकमा सरकार भएको अनुभूति नै नभएको बताए। उनले निराश जनलाई आशा जगाउन, रोजगारी सिर्जनाका निम्ति सरकारले के गर्यो? भन्दै प्रश्न गरे।
‘देशमा विदेशी मुद्रा सञ्चिति व्यापाक छ, भाइ छोरा बेचेर आएको पैसा होइन त्यो?,’ उनले भने, ‘त्यसरी आएको पैसा पनि खर्च गर्न सकेको छैन भनुम् न। कांग्रेस-एमाले ठूला पार्टीले बनाएको सरकार सुध्रियोस्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: