Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लुम्बिनीमा मात्र ८० प्रतिशत काम सकिएका ९५ वटा खानेपानी आयोजना अलपत्र

फइल तस्विर
खबरडबली संवाददाता

`रुपन्देही । लुम्बिनी प्रदेशमा ८० प्रतिशत काम सकिएका ९५ वटा खानेपानी आयोजना अस्तव्यस्त भएका छन् । निर्माण सम्पन्न हुने चरणमा पुगेका यी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् ।

लुम्बिनी शहरी विकास तथा खानेपानी मन्त्रालयका प्रवक्ता गुणनिधि पोखरेलले पर्याप्त बजेट नहुँदा आयोजना बहुवर्षे बनाउन नसकिएको र सम्पन्न आयोजनाहरूको भुक्तानीसमेत रोकिएको बताए । पुराना आयोजनाकै करोडौं रकम तिर्न बाँकी रहेकाले नयाँ योजना अलपत्र पर्ने अवस्था आएको उनको भनाइ छ ।

उनका अनुसार लुम्बिनीमा १ हजार ३९० आयोजना प्रदेश सरकारबाट सञ्चालनमा छन्, जसको बजेट १ अर्ब ५६ करोड ३३ लाख रहेको छ । त्यस्तै संघीय सरकारबाट ३१६ आयोजना छन्, जसको लागि २४ करोड ८९ लाख ८० हजार बजेट छ। यो बजेट आवश्यकभन्दा धेरै कम रहेको उनले बताए ।

संघीय सरकारले चालू आर्थिक वर्षमा ८० प्रतिशत काम सकिएका ९५ आयोजना काटेपछि यी आयोजना अलपत्र परेका छन् । रुपन्देहीका १९, दाङका १३, प्यूठानका १६, बर्दियाका ४, बाँकेका ६, गुल्मीका ५, नवलपरासीका ३, अर्घाखाँचीका १०, रोल्पाका ३, पाल्पाका ८, रुपन्देहीका ५ र कपिलवस्तुका ४ आयोजना काटिएका छन् ।

संघीय सरकारले अगाडि सारेका आयोजनामा प्रदेश सरकारले बजेट राख्ने कानूनी व्यवस्था छैन । ‘संघीय आयोजनालाई प्रदेशले थोरै बजेट राख्ने कानून छैन, धेरै बजेट राखेर योजना थप्नलाई बजेट नै छैन, हामीले राखेर पठाएका क्रमागत आयोजना नै माथिबाट काटिएर समस्या आएको हो’, मन्त्रालयका प्रवक्ता गुणनिधि पोखरेल बताउँछन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण भएको गगोलियाको खानेपानी ट्याङ्कीको ७३ लाख रुपैयाँ भुक्तानी बाँकी छ । यस्तै अर्घाखाँचीको बाङ्ला धातिवाङ आयोजनाको २० लाख रुपैयाँ र किमडाँडा खानेपानी आयोजनाको ४० लाख रुपैयाँ भुक्तानी बाँकी छ ।

प्रदेशमा खानेपानी मन्त्रालयको बजेट निरन्तर घट्दै गएको छ । आर्थिक वर्ष २०७७र७८ मा ७ अर्ब रहेको बजेट अहिले २ अर्ब ५० करोडमा सीमित भएको छ । यसले गर्दा धेरै आयोजना अधुरा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले भएका योजना पूरा गरेरमात्रै नयाँ योजनामा काम थाल्ने बताए । ‘माथिबाट योजना काटिए, धेरै योजना आवश्यकताभन्दा बाहिरबाट आएकाले समस्या रहेछ, अब त्यो समाधान गर्दै जाने हो’, उनले भने ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट अभावले आयोजना अलपत्र परेको स्वीकार गर्दै भने, ‘योजनाअनुसारको लागत भएन, बजेट बनेपछि आएँ, काम गर्न समस्या छ । थोरै रकम हालेर बहुवर्षीय बनाउने भएकाले समस्या भएको हो।’

प्रदेश सरकारले ८० प्रतिशत सम्पन्न भएका योजनाहरूमा बजेट थप गरी सम्पन्न गर्ने योजना बनाएको छ। यसले ७ लाख ७ हजार थप उपभोक्तालाई पानी पुग्ने अपेक्षा छ ।

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको छ, तर बजेट अभावले गर्दा धेरै आयोजना अधुरा रहेका छन् । लुम्बिनीमा साना तथा ठूला गरेर तीन हजार १७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख ७ हजार ६६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ । २ लाख ३७ हजार ३४८ धारा वितरण भएका छन् ।

चालू आर्थिक वर्षमा एक हजार ३९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ । अघिल्ला सरकारको पालनामा सुरु भएका, तर ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस वर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यी आयोजना सम्पन्न भएको खण्डमा ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending