Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

लुम्बिनीमा मात्र ८० प्रतिशत काम सकिएका ९५ वटा खानेपानी आयोजना अलपत्र

फइल तस्विर
खबरडबली संवाददाता

`रुपन्देही । लुम्बिनी प्रदेशमा ८० प्रतिशत काम सकिएका ९५ वटा खानेपानी आयोजना अस्तव्यस्त भएका छन् । निर्माण सम्पन्न हुने चरणमा पुगेका यी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् ।

लुम्बिनी शहरी विकास तथा खानेपानी मन्त्रालयका प्रवक्ता गुणनिधि पोखरेलले पर्याप्त बजेट नहुँदा आयोजना बहुवर्षे बनाउन नसकिएको र सम्पन्न आयोजनाहरूको भुक्तानीसमेत रोकिएको बताए । पुराना आयोजनाकै करोडौं रकम तिर्न बाँकी रहेकाले नयाँ योजना अलपत्र पर्ने अवस्था आएको उनको भनाइ छ ।

उनका अनुसार लुम्बिनीमा १ हजार ३९० आयोजना प्रदेश सरकारबाट सञ्चालनमा छन्, जसको बजेट १ अर्ब ५६ करोड ३३ लाख रहेको छ । त्यस्तै संघीय सरकारबाट ३१६ आयोजना छन्, जसको लागि २४ करोड ८९ लाख ८० हजार बजेट छ। यो बजेट आवश्यकभन्दा धेरै कम रहेको उनले बताए ।

संघीय सरकारले चालू आर्थिक वर्षमा ८० प्रतिशत काम सकिएका ९५ आयोजना काटेपछि यी आयोजना अलपत्र परेका छन् । रुपन्देहीका १९, दाङका १३, प्यूठानका १६, बर्दियाका ४, बाँकेका ६, गुल्मीका ५, नवलपरासीका ३, अर्घाखाँचीका १०, रोल्पाका ३, पाल्पाका ८, रुपन्देहीका ५ र कपिलवस्तुका ४ आयोजना काटिएका छन् ।

संघीय सरकारले अगाडि सारेका आयोजनामा प्रदेश सरकारले बजेट राख्ने कानूनी व्यवस्था छैन । ‘संघीय आयोजनालाई प्रदेशले थोरै बजेट राख्ने कानून छैन, धेरै बजेट राखेर योजना थप्नलाई बजेट नै छैन, हामीले राखेर पठाएका क्रमागत आयोजना नै माथिबाट काटिएर समस्या आएको हो’, मन्त्रालयका प्रवक्ता गुणनिधि पोखरेल बताउँछन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण भएको गगोलियाको खानेपानी ट्याङ्कीको ७३ लाख रुपैयाँ भुक्तानी बाँकी छ । यस्तै अर्घाखाँचीको बाङ्ला धातिवाङ आयोजनाको २० लाख रुपैयाँ र किमडाँडा खानेपानी आयोजनाको ४० लाख रुपैयाँ भुक्तानी बाँकी छ ।

प्रदेशमा खानेपानी मन्त्रालयको बजेट निरन्तर घट्दै गएको छ । आर्थिक वर्ष २०७७र७८ मा ७ अर्ब रहेको बजेट अहिले २ अर्ब ५० करोडमा सीमित भएको छ । यसले गर्दा धेरै आयोजना अधुरा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले भएका योजना पूरा गरेरमात्रै नयाँ योजनामा काम थाल्ने बताए । ‘माथिबाट योजना काटिए, धेरै योजना आवश्यकताभन्दा बाहिरबाट आएकाले समस्या रहेछ, अब त्यो समाधान गर्दै जाने हो’, उनले भने ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट अभावले आयोजना अलपत्र परेको स्वीकार गर्दै भने, ‘योजनाअनुसारको लागत भएन, बजेट बनेपछि आएँ, काम गर्न समस्या छ । थोरै रकम हालेर बहुवर्षीय बनाउने भएकाले समस्या भएको हो।’

प्रदेश सरकारले ८० प्रतिशत सम्पन्न भएका योजनाहरूमा बजेट थप गरी सम्पन्न गर्ने योजना बनाएको छ। यसले ७ लाख ७ हजार थप उपभोक्तालाई पानी पुग्ने अपेक्षा छ ।

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको छ, तर बजेट अभावले गर्दा धेरै आयोजना अधुरा रहेका छन् । लुम्बिनीमा साना तथा ठूला गरेर तीन हजार १७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख ७ हजार ६६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ । २ लाख ३७ हजार ३४८ धारा वितरण भएका छन् ।

चालू आर्थिक वर्षमा एक हजार ३९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ । अघिल्ला सरकारको पालनामा सुरु भएका, तर ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस वर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यी आयोजना सम्पन्न भएको खण्डमा ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending