Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नो केवलकार आन्दोलनमा जसपा र मुक्ति पार्टीको समर्थन

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली प्रहार गरेकोमा आपत्ति जनाएको छ ।

जसपा र मुक्ति पार्टीले छुटाछुटै मंगलबार बिज्ञप्ती जारी गर्दै आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन् ।

‘ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा नाफाखोर केवलकार निर्माणको विरोधमा उत्रेको ‘नो केबलकार समूह’ माथि नश्लीय सत्ताका प्रहरीद्वारा बर्बर दमन गरिएको घटना प्रति म गहिरो आक्रोश व्यक्त गर्दै यसको घोर भत्र्सना र निन्दा गर्दछु,’ मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भनेका छन् ।

शनिबार बेलुकी शान्तिपूर्णरूपमा आफ्ना आस्था, संस्कृति र पहिचान जोगाउन भेला मात्र भएका नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार हुनु अत्यन्त निन्दनीय भएको मुक्ति पार्टीले जनाएको छ । यस गोलीकाण्डमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएका छन् ।

‘मुकुलुंग कुनै साधारण स्थल होइन यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो । यो मात्र एक भूमि होइन, आस्थावानहरुको पुर्खाहरूको आत्मा बस्ने स्थल हो,’ महतोले भनेका छन्, ‘यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रुपमा प्रयोग गर्नु दिनु हुदैन यसलाई प्राकृतिक रुपमा जस्तो छ त्यस्तै रहन दिनु पर्छ र रैथाने परम्परा अनुसारनै यसको पुजा, आराधना हुनु पर्दछ भन्ने माग लिएर धर्नामा बसेका आन्दोलनरत निहथ्था जनताहरु उपर सरकारले बर्बरता पुर्बक बल प्रायोग, बन्दुकको गोली प्रहार गरेर दमन गर्न सक्छु भनेर कल्पना गर्नु व्यर्थ छ ।’

प्राकृतिक स्वरूपमा रहेका यस्तो पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै पनि प्रयासलाई मुक्ति पार्टीले अस्वीकार गर्ने महतोले जनाएका छन् । “आस्था र धरोहर प्राणभन्दा प्रिय हुन्छ’’ भन्ने पुर्खाहरूका वाणीलाई वर्तमान पुस्ताले पनि आत्मसात् गरी सकेका छन् ।

‘यही आस्थाको बलमा मुकुलुंगका जनताले यो अन्यायपूर्ण योजनालाई रोक्न भिषण संघर्ष गर्दै आइरहेका छन् । न्यायपूर्ण एवं आस्थापूर्ण क्रान्ति नझुकेको छ, न त कहिल्यै झुक्ने छ । तसर्थ पश्चिमा ज्ञानमा आधारित औपनिवेशिक रहेको वर्तमान राज्य सत्ता जो आस्था एवं प्रकृतिको बिनास गर्न भन्दै चढेको आधुनिकताको घोड सवार अबिलम्ब त्याग्न म कडा चेतावनी दिन चाहन्छु’ महतोले भनेका छन् ।

यस्तै कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना हुन नसक्ने ठहर महतोको छ । मुक्ति पार्टीले मुकुलुंगमा केवलकार बनाउने योजनालाई तुरुन्त खारेज गर्नुपर्ने, घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्याय सुनिश्चित गर्नुपर्ने, आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

‘खुवालुङ, मुकुम्लुङ मात्र ढुँगा वा पहाड होइन जसरी पूँजिवादले बुझ्दछ यो आस्था हो आध्यात्म हो । प्राण हो, यसलाई जोगाउन जनता जे पनि सहन र गर्न तयार छ । सत्य र न्यायको यो लडाइँ कहिल्यै झुक्ने छैन्’ महतोले भनेका छन् ।

यसैगरी जसपा नेपाले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनल अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा आपत्ति जनाएको छ ।

जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले प्रहरीको गोली लागी घाइते भएकाहरु यमबहादुर लिम्बु, सगुन लावती, धर्मान पालुङ्वालगायत घाइते भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गर्नु अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य भएको बताएका छन् । आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending