काठमाडौं । आगामी माघ १८ गतेबाट सुरु हुने संसद्को माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक रसचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो ।
जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसद्को बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनकाअनुसार २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ ।
त्यस्तै २८, २९ र ३० गते पुनः संसद्को बैठक बस्नेछ । संसद् सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसद्मा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताए ।
त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिए । उनले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पार्लियामेन्ट चलाउँछौँ । १८ गतेबाट सुरु हुन्छ । २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरु सबै पेश हुन्छ । २५,२६ र २७ संसदीय समितिकोहरुको बैठक हुन्छ । २८,२९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’
त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि सुरु हुने संसद् अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताए । उनले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरु त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रुपमा छलफल भयो । १८ गते शुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेण्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताए । उनले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताए ।
उनले भने, ‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरु गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’
प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताउनु भयो । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: