Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

बाँसखर्कमा पाखैभरि पहेँलपुर सुन्तला देखेर कृषिमन्त्री जिल्ल !

खबरडबली संवाददाता

गण्डकी। बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन्।

पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उनका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो। बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको बगान छिचोल्दै ‘बासखर्क सुन्तला महोत्सव’मा सहभागी हुनपुगेकी मन्त्री श्रेष्ठले बाँसखर्कलाई सुन्तलाखर्कका रूपमा चिनाउनुपर्ने बताइन्।

“यहाँको सन्तुलाबारे मन्त्रालयमा पछि छलफल हुन्थ्यो, साथीहरूबाट पनि धेरै कुरा सुनेकी थिएँ, तर आफैंले प्रत्यक्ष देख्दा यो ठाउँलाई बाँसखर्क नभई सुन्तलाखर्क भन्दा अझ उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो”, मन्तव्यका क्रममा उनले भनिन्।

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा आयोजित महोत्सवमा पुगेका जोकोही त्यहाँको सुन्तलाखेती देखेर अचम्मित बने । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गाउँभरि सुन्तलाको बगान देखेर आफू प्रभावित भएको सुनाए। “एउटै बोटमा यतिधेरै सुन्तला फलेको धेरै काममात्र देखिन्छ, यहाँ त बगान नै लटरम्म बनेको छ, गाउँ नै सुन्तलाले ढाकेको छ”, उनले भने।

गाउँका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यस वर्ष बाँसखर्कमा सुन्तला अत्यधिक फल्यो। उनले १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भएको जानकारी दिए। एक हजार पाँच सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको किसान खत्रीले बताए।

कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ। अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ। उनले २५ रोपनीमा सुन्तलाखेती गर्दै आर्उका छन्।

अर्का अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रु २३ लाख र हेमबहादुर अर्मजाले १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आएका छन्। तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन्।

“व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ”, अगुवा किसान मेखबहादुर खत्रीले भने। बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा खपत हुने गरेको उनको भनाइ छ।

उनका अनुसार जलजला-१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ। विसं १९९७(९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए।

विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन्।

पोखरासम्म सडक पहुँच विस्तार भएपछि २०५२/२०५३ सालदेखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती सुरु गरेका हुन्। दुई सय ३९ घरपरिवार रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन्। किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन्।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताए। “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, उनले भने, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ(फागुनसम्मै सुन्तला रहन्छ।”

बाँसखर्क समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि एक हजार नौ सय मिटरसम्ममा फैलिएको छ। वडाध्यक्ष जकबहादुर रोकाले सुन्तला ढुवानीका लागि बाँसखर्क जोड्ने सडकको स्तरोन्नति हुनसके किसानलाई थप सुविधा पुग्ने बताए

सिँचाइ सुविधा, पहिरो नियन्त्रण र सुन्तला बगानमा रहेको विद्युत् तारको व्यवस्थापन नहुँदा किसानले समस्या भोग्दै आएको उनको भनाइ छ। गाउँपालिका र १ नं वडा कार्यालय मिलेर आयोजना गरिएको महोत्सवमा सुन्तलाखेतीसम्बन्धी प्रविधि प्रसार, सुन्तला प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो। उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको थियो। महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रदर्शनी राखिएको थियो।

एक दिनमात्र सञ्चालित उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मालगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले म्याग्दी सदरमुकाम बेनीबाट बाँसखर्क जोड्ने सडक स्तरोन्नतिका लागि आगामी बजेटमा योजना समावेश गर्ने बताए।

मुख्यमन्त्री पाण्डेले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताए। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई सुन्तलाखेतीतर्फ थप प्रोत्साहित गर्ने ध्येयले सुन्तला महोत्सव आयोजना गरिएको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending