काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।
यसको खुद ब्याज आम्दानी पनि २६.०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १२ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा घटाउँदा पनि नाफा बढ्न पुगेको छ । गत वर्ष ४.६४ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर २.९१ प्रतिशतमा झरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा कोषमा भने १५ करोड ८४ लाख रुपैयाँ छ । यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: