Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

हिमपात र शितल : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरुबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए।

उनले भने, ‘‘विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहरका कारण जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरु मात्रै नभएर हिमाली जिल्लाहरुमा भारी हिमपात पनि कतिपय ठाउँमा भएका कारणले गर्दा चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रुपमा छ । यस बारेमा प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई प्रत्येक वर्ष गृह मन्त्रालयबाट जसरी निर्देशन जान्छ, त्यसरी नै यो शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गर्ने गरेको छ ।’’

प्रमुख डा। भुसालले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रहेको जानकारी दिए। उनले चिसोबाट नागरिकहरुलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए। शितलहर र हिमपातका लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए ।

न्युज एजेन्सी नेपालसँगको कुरा गर्दै उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताए। महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको औंल्याए।

प्रमुख डा। भुसालले भन्नुभयो, ‘‘यसको कार्ययोजना पनि जारी गर्ने गरेको छ । प्राधिकरणले पनि त्यसैगरी यस वर्ष शितलहरका कारण जनजीवन प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कार्ययोजना सबै जसो जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकेको छ । जल तथा मौसम विज्ञान विभागले जुन बुलेटिनहरु जारी गर्दछ र शितलहरको सम्भावनाका कुराहरु गर्दछ, त्यससम्बन्धी जानकारीलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, पालिका लगायतले ध्यानमा राखेर आफ्नो समुदायका खासगरी शितलहरबाट अध्याधिक चिसोबाट प्रभावित हुनसक्ने जनसङ्ख्यालाई कसरी बचाउने, उहाँहरुलाई कसरी न्यायो अवस्थामा राख्ने, शितलहरका कारण जुन बाक्लो हुस्सु फैलिएको हुन्छ, त्यसका कारण हुनसक्ने सडक दुर्घटनाहरुलाई कसरी न्युनिकरण गर्ने ? लगायतका कुराहरुमा स्थानीय स्तरमा उहाँहरुले आफ्नै कार्ययोजना तयार गरेर पूर्वतयारीको अवस्थामा बस्नुपर्ने हुन्छ ।’’

विगत केही दिनदेखि कोशी, मधेश र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु/कुहिरो लागेको छ । मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending