Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अझै रुख चढेर फाेनमा कुरा गर्न बाध्य रामेछापका नागरिक !

खबरडबली संवाददाता

रामेछाप ।  रामेछापको रामेछाप नगरपालिका– ४ हिमगंगास्थित बोलङबोलङका नागरिकले कसैसँग मोबाइलमा कुरा गर्नुपर्‍यो भने मोबाइल सेट बोकेर अग्ला रुख चढ्नु वा अग्ला डाँडातिर उक्लिनु दैनिकीजस्तै बनेको छ । 

त्यस ठाउँमा सञ्चारका लागि योभन्दा अर्को विकल्प  छैन । टेलिकमको टावर त्यस क्षेत्रमा नटिप्दा रामेछाप नगरपालिका– ४ हिमगंगाको बोलङबोलङ, मुर्गे गैरा, गिजनटार, ज्ञान टार, फुन्द्रेबेँसी पुच्छार, बरबोटेलगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौँदेखि यस्तै दैनिक यस्तै नियति भोग्न बाध्य भएका छन् । 

हिमगंगा बोलङबोलङका नैनकुमार मगरलाई घरबाट कोही–कसैलाई फोन गर्नुपर्‍यो भने सधैँ सताउने गर्छ । फोन गर्न खोज्दा टेलिकमको टावर नै मोबाइलमा देखाउँदैन ।

मोबाइलमा कतै टावर देखाइहाले पनि फोन नै लाग्दैन । कहीँ कतै फोन लागिहाले पनि कुरै बुझिँदैन । त्यसैले कुरा गर्न सधैँ घरनजिकैको रुखमा चढेर कुरा गर्नुपर्ने बाध्यता रहेको मगरले बताए ।  हिमगंगाका नैनकुमार मात्र होइन यस्तो समस्या अधिकांश गाउँका नागरिकहरूले व्यहोर्न बाध्य    छन् ।

गाउँमा टेलिफोन गर्न धेरै समस्या भएको रामेछाप नगरपालिका– ४ हिमगंगाका सुन्दर घिमिरेले जानकारी दिए । उनले भने, ‘मोबाइलमा फोन नै लाग्दैन, यदि लागिहाल्यो भने कि अग्लो डाँडातिर चढ्नुपर्छ कि त रुख नै चढ्नुपर्छ । नत्र फोनमा कुरै बुझिँदैन । नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन । स्काई र एनसेलको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ । त्यसका लागि पनि कि अग्लो रुख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ ।’ 

मोबाइलमा टावर नटिप्दा सबैभन्दा बढी विद्यालय, क्याम्पसमा अध्ययरत बालबालिकाहरू र लोकसेवा परीक्षाका लागि तयारी गर्दै गरेका विद्यार्थीहरू बढी मारमा परेका छन् । विद्यार्थीहरूले अनलाइनमार्फत गुगलबाट सर्च गरेर अध्ययन गर्ने कुरासमेत गर्न सकेका छैनन् । सञ्चारको प्रविधिसँगै धेरै कुरा गुगल सर्च गरेर अध्यनन गर्न पाइने भए तापनि हिमगंगाका विद्यार्थीले उक्त सुविधा उपभोग गर्न नपाएको पनि घिमिरेले बताए । 

हिमगंगाका नागरिक सञ्चार क्षेत्रवाट वञ्चित भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नेपाल टेलिकमसँग रिपिटर टावरको माग गरेका थिए । स्थानीयहरूको मागको आधारमा तीन वर्षअघि हिमगंगाको बोलङबोलङमा टेलिकमले टावर निर्माण गरेको भए तापनि अझै सञ्चालनमा आउन सकेको छैन । 

हिमगंगामा टावर निर्माण भए तापनि त्यसमा जडान गरिने केही उपकरणहरूको काम अझै बाँकी रहेको र ती उपकरण जिल्लामा आइनसकेका कारण टावर सञ्चालनमा ल्याउन नसकिएको  हो । फागुन महिनाभित्र आवश्यक उपकरण ल्याएर जडान गर्ने र टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख पञ्चकुमार साहुले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending