Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड

खबरडबली संवाददाता

नेपालगन्ज । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडी बढ्नु पर्ने सुझाव दिएको छन । 

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै प्रचण्डले सो बताएको हो । उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को उनले म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर उद्घाटन गरे । 

अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रका समस्याहरु बढ्दै गएको जनाउँदै त्यसका लागि उद्योगी व्यवसायीहरुद्वारा चिन्ता गरिनु स्वभाविक रहेको पनि बताए । सबैले मिलेर गम्भीर चिन्तनका साथ अगाडी बढ्ने हो भने अझैपनि देशको आर्थिक अवस्थालाई धेरै माथि उकास्न सकिने संभावना कायमै रहेको उनको भनाइ थियो । 

पूर्व प्रधानमन्त्रीले थपे, ूदेशमा केही पनि भएको छैन, सबै खत्तम भयो भन्ने भास्य बनाउन आवश्यक छैन, धेरै कामहरु भएका छन् र अझैपनि सबैले मिलेर अगाडी बढ्ने हो भने देशलाई समृद्ध बनाउन सकिन्छ ।ू

आर्थिक विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन यस्ता महोत्सवहरुले निकै सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने गरेको बताए। 

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु किशोरसिंह राठौर र दिपा शर्माले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हालै ल्याईएको अध्यायदेशले ठुलो सहयोग गर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, महासचिव भीमबहादुर रानाभाट लगायतले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने माग गर्दै प्रादेशिक संरचनामा जाँदा बाँके र बर्दियालाई बेवास्ता गरिएको आरोप लगाए ।   

माघ २२ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल, सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् ।

महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको सांस्कृतिक प्रस्तुती हुनेछ भने एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुने आयोजकले जनाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending