काठमाडौं । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो ।
कार्यक्रममा देवीले १० दिनको कथा वाचन पूरा गरी भक्तजनसँग विदा लिएकी हुन्। महोत्सवभरि उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन्।
विदाई समारोहमा देवीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ। ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छन्।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोतालाई मन्त्रमुग्ध पार्न सफल भएकी छन्।
उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ। शुश्री अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षणमध्ये एक हो। माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्।
आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी अनुराधा पाण्डेयको यात्रा अद्वितीय छ।
विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवर्द्धनमा विशेष योगदान पुर्याएकी छन्। उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो।
उनले श्रोताहरूलाई केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन्। आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: