Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

लिग च्याम्पियन चर्च ब्वाइजलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

खबरडबली संवाददाता

काठमाडौँ ।  ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले चर्च ब्वाइजलाई ३–० गोलले हरायो ।

हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । सङ्कटालाई जिताउन अबेक रिर्चडले २३औँ र ७०औँ मिनेटमा दुई गोल गरे । अर्को गोल ७३औँ मिनेटमा चन्दन दासले थपेको थियो । 

नेपाली कांग्रेस अन्तर्गत नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सञ्चालित नकआउट प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो । हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमलाई ५० हजार प्रदान गरिने छ ।

यस्तै प्रत्यके खेलको प्लेयर अफ दिम्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावका लागि दल दर्ता खुला

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई निर्धारित म्यादभित्र दल दर्ता गर्न आह्वान गरेको छ।...

झनै विवादित बन्दै मधेश प्रदेशसभा: पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर

  जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्। बिहीबार सभा...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ...

बम विस्फोटपछि पनि आफ्ना खेलाडी श्रीलङ्का पाकिस्तानमै रहने, सबै खेल रावलपिन्डीमा सारिने

कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह हुनुपर्छ, भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

३५ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत महसुल बक्यौता : ऊर्जामन्त्रीले दिए धन्यवाद

काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...

एकैपटक ५८ जना सहसचिव र उपसचिव सरुवा, को कहाँ ?

काठमाडौं । गृहमन्त्रालयले एकैपटक  ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...

जनार्दन नेतृत्व प्रगतिशील राष्ट्रिय अभियानद्धारा ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको तयारी तीव्र : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो। टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending