नारायणगढ। आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।
कार्यालयले वार्षिक कार्यक्रमअन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो । कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यस स्थानमा विभिन्न १० प्रकारका आलुको अनुसन्धान भइरहेको छ ।
उनले १० वटा आलुका जातमध्ये सात वटा आलुका जात युरोपबाट ल्याएर परीक्षण तथा अनुसन्धान गरिरहेको बताए । यी जात परीक्षणका क्रममा रहेको र सूचिकृत भइनसकेको उनको भनाइ छ । आलु खनेपछि थप अनुसन्धान हुने त्रिपाठीले बताए ।
यहाँका किसान कृष्णप्रसाद अर्यालको खेतमा आलुका जातबारे अनुसन्धान गरिँदै आइएको हो । अर्यालका अनुसार यहाँ आलु उत्पादन धेरै भएपनि बजार मूल्यमा एकरुपता छैन । व्यापारीले सकेसम्म कम मूल्यमा खरिद गर्ने हुँदा यसका लागि आलुको जात कायम गरी मूल्यमा एकरुपता ल्याइनुपर्ने उनी बताउछन ।
उनले यस क्षेत्रबाट वार्षिक रु ३७ करोडसम्मको आलु बिक्री हुने गरेको बताए । व्यापारी र उपभोक्ताले खोजेको जातको आलु लगाउन सकेमा यस क्षेत्रबाट धेरै मात्रामा आलु उब्जाउन सकिने र मूल्य बढी पाइने उनी बताउछन ।
कृषि कार्यालयले यहाँ अध्ययन गर्दै आएको आलुमा ०।५२, २५।७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जात छन् । त्यसैगरी फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातका आलु पनि कार्यालयले अनुसन्धान गर्दै आएको छ ।
औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आवश्यक आलु जिल्लामा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन भइरहेको र सम्पूर्ण नजिता यसवर्ष आलु खनेपछि प्राप्त हुने जिल्ला कृषि कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए ।
किसानले लगाउँदै आएका परम्परागत आलु भन्दा परीक्षणका लागि लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिँदै आइएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: