रायपुर । भारतीय सुरक्षा बलले मङ्गलबार एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो भनेको छन ।
गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।
नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मङ्गलबारको झडप भएको हो ।
भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सिमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।
नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।
“नक्सलवादलाई अर्को ठूलो झट्का”, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भने।
विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गर्नुभएका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए । यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । “सुरक्षा बल अझै जङ्गलभित्र छ”, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने।
माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।
उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो । यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौजना भारतीय सैनिकको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १४:४४
काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...
आषाढ़ २८ गते, २०८३ - १४:३३
काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...
आषाढ़ २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अ...
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...
आषाढ़ २८ गते, २०८३ - १२:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...
आषाढ़ २८ गते, २०८३ - ११:४५
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...



प्रतिकृया लेख्नुहोस्: