Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

प्युठानमा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा छड्के अनुगमन

खबरडबली संवाददाता

प्युठान। जिल्लामा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो ।

झिमरुक गाउँपालिका ३ र ८ नम्बर वडामा पर्ने झिमरुक नदिअन्तर्गत खमारिघाट क्षेत्र १ र २, झिमरुक गाउँपालिका ३,७ र ८ नम्बर वडा भित्रमा पर्ने झिमरुक नदिअन्तर्गत बालुवा लामासेरा र झिमरुक गाउँपालिका–१ स्थित गर्तनखोला ९बालुवा० क्षेत्रमा भइरहेको नदिजन्य पदार्थको उत्खननको अवस्थाबारे समग्र पक्षमा अनुगमन गरिएको जिसस प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक धर्मबहादुर जिसीले जानकारी दिए।

नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा घाटहरुबाट के कसरी निकालिएको छ? रोयल्टी के कस्तो छ ? अवैध निकासी भएको छ छैन मापदण्ड पूरा गरिएको छ, छैन? भन्ने विषयमा प्राविधिकसहितको टोलिले अनुगमन गरिएको उनले जानकारी दिए।

अनुगमनको क्रममा देखिएका कतिपय कमजोरीलाई पहिलोपटक सुधार गर्न भनिएको र अर्कोपटक अनुगमन गर्दा सुधार नगरिएको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने गरी सुझाव दिएको जानकारी दिए। नियम विपरीतका हरेक गतिविधि रोक्न समेत अनुगमनका क्रममा सुझाव दिएको उनले जानकारी दिए।

अत्यन्तै सुस्त गतिमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको छ । साइटमा ब्याक कटिङ्ग र विभिन्न संरचनाको स्थलगत अनुगमन गरिएको हो ।

त्यस्तै भर्खरै सिलान्यास भइ निर्माण कार्य सुरु भइरहेको झिमरुक नदिमा पर्ने किटघाट पुलको अनुगमन गरिएको छ । निर्माण कार्य तोकिएको समयसिमामै सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव दिएको प्रमुख जिसीले बताए । किटघाट पुलको कामले गति लिएको समेत जानकारी दिए। झिमरुक गाउँपालिका–३ लामासेरामा रहेको गौमुखी एग्रीगेटको समेत विभिन्न पक्षको अनुगमन गरिएको प्रमुख जिसीले बताए ।

जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अघिकार दिएपनि कारवाही गर्ने अधिकार नहुँदा अनुगमन तथा निरीक्षण कामको प्रभावकारितामा समस्या भएको जिसस उप–प्रमुख दुर्गा रेग्मीले बताए । “कतिपय कानुनी जटिलता छ । जसले गर्दा पनि जिल्ला समन्वय समिती एक्सनमा जान सक्दैन ।’’ उनले भने,“अनुगमन गरेर राय सुझाव दिनेमात्र कामले उपलब्धि आउन सकेको छैन ।’’ त्यसका लागि जिससको भूमिका र अधिकार फराकिलो बनाउनुपर्ने उप–प्रमुख रेग्मीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending