Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

प्युठानमा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा छड्के अनुगमन

खबरडबली संवाददाता

प्युठान। जिल्लामा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो ।

झिमरुक गाउँपालिका ३ र ८ नम्बर वडामा पर्ने झिमरुक नदिअन्तर्गत खमारिघाट क्षेत्र १ र २, झिमरुक गाउँपालिका ३,७ र ८ नम्बर वडा भित्रमा पर्ने झिमरुक नदिअन्तर्गत बालुवा लामासेरा र झिमरुक गाउँपालिका–१ स्थित गर्तनखोला ९बालुवा० क्षेत्रमा भइरहेको नदिजन्य पदार्थको उत्खननको अवस्थाबारे समग्र पक्षमा अनुगमन गरिएको जिसस प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक धर्मबहादुर जिसीले जानकारी दिए।

नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा घाटहरुबाट के कसरी निकालिएको छ? रोयल्टी के कस्तो छ ? अवैध निकासी भएको छ छैन मापदण्ड पूरा गरिएको छ, छैन? भन्ने विषयमा प्राविधिकसहितको टोलिले अनुगमन गरिएको उनले जानकारी दिए।

अनुगमनको क्रममा देखिएका कतिपय कमजोरीलाई पहिलोपटक सुधार गर्न भनिएको र अर्कोपटक अनुगमन गर्दा सुधार नगरिएको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने गरी सुझाव दिएको जानकारी दिए। नियम विपरीतका हरेक गतिविधि रोक्न समेत अनुगमनका क्रममा सुझाव दिएको उनले जानकारी दिए।

अत्यन्तै सुस्त गतिमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको छ । साइटमा ब्याक कटिङ्ग र विभिन्न संरचनाको स्थलगत अनुगमन गरिएको हो ।

त्यस्तै भर्खरै सिलान्यास भइ निर्माण कार्य सुरु भइरहेको झिमरुक नदिमा पर्ने किटघाट पुलको अनुगमन गरिएको छ । निर्माण कार्य तोकिएको समयसिमामै सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव दिएको प्रमुख जिसीले बताए । किटघाट पुलको कामले गति लिएको समेत जानकारी दिए। झिमरुक गाउँपालिका–३ लामासेरामा रहेको गौमुखी एग्रीगेटको समेत विभिन्न पक्षको अनुगमन गरिएको प्रमुख जिसीले बताए ।

जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अघिकार दिएपनि कारवाही गर्ने अधिकार नहुँदा अनुगमन तथा निरीक्षण कामको प्रभावकारितामा समस्या भएको जिसस उप–प्रमुख दुर्गा रेग्मीले बताए । “कतिपय कानुनी जटिलता छ । जसले गर्दा पनि जिल्ला समन्वय समिती एक्सनमा जान सक्दैन ।’’ उनले भने,“अनुगमन गरेर राय सुझाव दिनेमात्र कामले उपलब्धि आउन सकेको छैन ।’’ त्यसका लागि जिससको भूमिका र अधिकार फराकिलो बनाउनुपर्ने उप–प्रमुख रेग्मीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेको छिन् । उद्घाटन कार्यक्रममा उनल...

नागरिक समाजका नेताहरूसँग प्रधानमन्त्रीले भनिन् : भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। ...

नेकपाको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक, मंसिरभर देशव्यापी सभा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार जा...

आजबाट सुरु हुने एनपीएलको सुरक्षाका लागि १५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ...

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह-आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार ...

मधेश प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको स...

वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन, निर्धक्क भएर सेवा लिन स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले सोमबार वीर अस्पतालको अनुगमन गर्दै यस अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको भन्दा कम नभएको दा...

एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ। एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ। अदालतको ठहरअनुसार, गत वर्ष आरक्षणको विर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending