Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

स्थानीयको अवरोधपछि कर्णालीमा विद्युत लाइन विस्तारमा समस्या

खबरडबली संवाददाता

कालीकोट । साबिको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्युत लाइन विस्तारमा स्थानीयले अवरोध गरेपछि समस्या भएको हो । 

अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गर्दा कर्णालीका तीन जिल्लाको विद्युत विस्तार योजना केही ढिलो हुने भएको छ । 

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्ने हो भने आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गरेको बताएका छन् । आफ्नो घर खेत हुँदै लाइन लैजाँदा पनि बत्ती बाल्न नपाउने भएपछि काममा अवरोध गरिएको स्थानीय छत्रबहादुर विष्टले बताए। 

'खेतबाट पोल गाडेर बिजुली लाइन लैजाने तर हामी नै अँध्यारोमा बस्नुपर्ने यस्तो अन्याय सहन सकिँदैनू, बिस्टले भने, ूहाम्रो गाउँलाई बत्ती नदिएसम्म लाइन तान्न दिँदैनौं  ।' पञ्चदेवल विनायक नगरपालिका वडा नं ३ बेल्खेत सयन गाउँका ५३ र वडा नं ४ टोड्केसालका ९३ गरी १ सय ४६ घरधुरी अँध्यारोमा छन् ।

कमलबजार प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउने आश्वासन एक वर्षदेखि पूरा नगरेकाले बाध्य भएर आफ्नो खेतबारीबाट कालीकोट जुम्ला जाने विद्युत् लाइन रोकेको स्थानीयको भनाइ छ । स्थानीयको अवरोधपछि विद्युत् वितरण केन्द्र कालीकोट, अछाम र दैलेखका प्रमुखसहितले टोड्केसाल र सयन गाउँलाई विद्युत् दिने प्रतिबद्धता भने गरेका छन् । कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालीकोट, जुम्ला र मुगुका १९ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । 

'बिजुली जडान भएको छ भन्ने मात्र छ । चाहिएका बेला बत्ती नै हुँदैनू, कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का तुलाराज पाण्डेले गुनासो गर्नुभयो । बेलुकी बिजुली आवश्यक पर्ने बेलामा भोल्टेज नपुगेर अँध्यारो हुने गरेको छ । 

बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेखबाट आएको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज कम भएकाले जाडो सिजनमा बत्ती नपुग्ने समस्या समाधान गर्न गत असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो । 

कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले कमलबजारबाट साइखोलासम्मको ९ किमिमध्ये कर्णाली नदीपारिबाट करिब १ सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा काममा स्थानीयले अवरोध गरेको जानकारी दिए।'त्यहाँका स्थानीयको पनि माग त जाहेज नै हो । केही समय पर्खिनुभन्दा पनि मान्नु भएन त्यसैले तत्कालन समस्या समाधान गर्न विद्युत आपुर्ति गरिदिने योजनामा छ', उनले भने।  

टोड्केसाल र बेल्खेतका बासिन्दालाई कालीकोट वितरण केन्द्रले बिजुली दिन नमिल्ने भएकाले अछामबाटै लाइन विस्तारको काम भइरहेको छ । उक्त गाउँमा विद्युतीकरण गर्न आफ्नातर्फबाट २५ वटा पोल पनि दिएको कालीकोट वितरण केन्द्रको भनाइ छ । 

कर्णालीको सुर्खेतमा बढी विद्युत् खपत हुने भएकाले हालको प्रसारण लाइनबाट भोल्टेज नपुगेर कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार आएको ३३ केभी लाइनबाट कालीकोट, जुम्ला हुँदै मुगुसम्म लाइन जानेछ । डडेलधुरा–अत्तरिया हुँदै चमेलिया जलविद्युत्को १९ मेगावाट, बझाङ कलंगा खोलाको ६५ मेगावाट र अपी हाइड्रोको ५ मेगावाट लगायत करिब १०० मेगावाट विद्युत् आयात हुने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending