काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ५३.३६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा
बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत तथा सञ्चालन आम्दानी ४.४० प्रतिशतले सामान्य आम्दानी आएपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रमा बढेपछि नाफा उच्चदरले घटेको हो । तर, इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोडबाट बढेर २ अर्ब २६ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज उच्च भएपछि सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ ।
बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।
सिद्धार्थको खराब कर्जा दर २.५६ प्रतिशत बाट बढेर ४.५० प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर ७ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...




प्रतिकृया लेख्नुहोस्: