चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल उमेरले ५८ वर्षको भए। उनी हरेक दिन घोडा चढेर कार्यालय जाउआउ गर्छन्।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष फुयाँलले गाउँपालिकाले दिएको मोटरसाइकल फिर्ता गरेर घोडा चढेका हुन्। गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थालेको उनी बताउँछन्।
तामाकोशी गाउँपालिकाले पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो । आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको फुयाँल बताउँछन्।
‘जनताको काम गरेबापत थप सुविधा लिनु पर्छ भन्ने नलागेर मोटरसाइकल फिर्ता गरेको हुँ । अहिले पनि सबै गाउँका कतिपय स्थानमा सडक पुगे पनि मोटरसाइकल लैजान गाह्रो हुन्छ’, उनी भन्छन्, ‘घोडा चढ्ने भएकाले उकालीओराली र सडक नभएको ठाउँका जनताकोमा पुग्न सहज भएको छ।’
उनले एक लाख पाँच हजार रुपियाँमा घोडा किनेका हुन्। वडाध्यक्ष फुयाँलको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्न सुलभ र सस्तो भने छैन । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - ०९:४७
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको ...
फाल्गुन ५ गते, २०८१ - ०९:४४
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । निर्धारण गरिएको तरकारी र फलफूलको अधिकतम थोक मू...
फाल्गुन ५ गते, २०८१ - ०९:३९
काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घ...
फाल्गुन ५ गते, २०८१ - ०८:४८
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार...
फाल्गुन ५ गते, २०८१ - ०८:४५
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...
फाल्गुन ५ गते, २०८१ - ०८:१३
कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् ...
फाल्गुन ५ गते, २०८१ - ०७:५१
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज...
फाल्गुन ५ गते, २०८१ - ०७:४०
म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ। ‘स्वादिलो, रस...
फाल्गुन ५ गते, २०८१ - ०७:३३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि...
फाल्गुन ५ गते, २०८१ - ०७:३०
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री क...
प्रतिकृया लेख्नुहोस्: