काठमाडौं। नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै शेर्पा समुदायले आपत्ति जनाएका छन्।
चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो। बौद्ध धर्मावलम्बी शेर्पा समुदायका अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा संस्कृतिमा बलि र छेवरको कुनै स्थान नभएको बताउँदै यस्ता चलचित्रहरूले सांस्कृतिक विचलन ल्याउन सक्ने चेतावनी दिए।
शेर्पा चलचित्र संघले जारी गरेको विज्ञप्तिमा शेर्पा समुदायको संस्कारको दुरुपयोग गरेको भन्दै सार्वजनिक माफीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शेर्पा समुदायले बुद्ध धर्मलाई मान्छ, बलि दिने प्रथा हाम्रो संस्कृति होइन ।’
निर्माण पक्षले भने चलचित्रको कथावस्तु समग्र शेर्पा समुदायको नभई सिन्धुपाल्चोकको यार्सा गाउँका शेर्पा समुदायको संस्कारमा आधारित रहेको स्पष्ट पारेका छन्। निर्देशक याम शेर्पाले चलचित्रको प्रचार सामाग्रीबाट ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश हटाइएको जानकारी दिए।
तर, शेर्पा अगुवाहरूले चलचित्रको कथावस्तु ऐतिहासिक रूपमा गलत व्याख्या हुने भन्दै तत्काल सच्याउन माग गरेका छन्। “चलचित्रले भविष्यमा शेर्पा परम्पराको प्रतिनिधित्व गर्ने झल्को दिने हुँदा गलत प्रस्तुति सच्याइनुपर्छ,” अगुवाहरूको भनाइ छ।
चलचित्रका कलाकारहरूले यो शेर्पा समुदायको पहिलो चलचित्र भएको दाबी गरेका थिए। तर, निर्माता फाराडेन्डी शेर्पाले ‘खाङ्ग्री’ पहिलो शेर्पा चलचित्र भएको र पछिल्लो समय ‘कुसुम’ र ‘टिन्छेन फामा’ जस्ता चलचित्र समेत निर्माण भइसकेको स्मरण गराउँदै यो चलचित्र पहिलो नभएको तर्क गरे।
पुस २६ गतेदेखि प्रदर्शनमा रहेको ‘कार्साङ’ मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङको अभिनय रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: