Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

कारोबार रकम बढ्दा सामान्य अंकले घट्यो नेप्से

खबरडबली संवाददाता

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा अडिएको हो।

सेन्सेटिभ इण्ड‍ेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

आज २९६ स्क्रिप्सको १ करोड १७  लाख ४९ हजार ७०१ कित्ता सेयर  अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार  ५ अर्ब ८२ करोड ४९ मूल्य बराबरक सेयर कारोबार भएको थियो।

आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,विन नेपाल लघुवित्त वित्तीय संस्था,मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। 

यसदिन पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घट्यो। जानकी फाइनान्सको ९.३९ प्रतिशतले घट्दा कालिञ्चोक हाइड्रोपावरको ९.१५,रिलायन्स फाइनान्सको ७.५७ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर ७.५१ प्रतिशतले घटयो।

२८ करोड बराबरको सेयर कारोबार गरी सिन्धु विकास बैंक शीर्षस्थानमा रह्यो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एणड डेभलपमेन्टले २१ करोडको सेयर कारोबार गर्दा सानिमा मिडल तमोर हाइड्रोपावरको १४ करोड,जानकी फाइनान्स र नेपाल फाइनान्सको १३र१३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज पाँच समूहको उपसूचक बढ्दा अन्यको घट्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २।०३ प्रतिशतले बढ्यो। कारोबारमा आएका ८८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। ३ समूहको उपसूचक भने स्थिर रह्यो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending