Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जाजरकोट भूकम्पमा चुक्यो सरकार, एक वर्ष बित्दा पनि भएन क्षतिको आँकलन

खबरडबली संवाददाता

काठमाडौं । गत वर्ष कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्यो । गत वर्षको कार्तिकमा गएको भूकम्पमा परी सयौँ नागरिकको ज्यान गयो भने हजारौँ घरबारविहीन बन्न पुगेका छन् ।

तर सरकारले भने अझै क्षतिको अनुमान गरिसकेको छैन । आज २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यसै महिनाभित्र भूकम्पको क्षतिबारे आँकलन सक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भइ लागू भइसककेको मन्त्री लेखकले जानकारी दिए । साथै यसै महिना अर्थात् माघ महिनाभित्र क्षतिको आँकलन प्रारम्भ गर्ने बताए ।

‘स्थायी आवास निर्माण सम्वन्धी कार्यविधि कार्यकार्य समितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’

साथै गृहमन्त्री लेखकले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्वन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

‘आगामी दिनहरुमा भुकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुर्ननिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending