काठमाडौं । गत वर्ष कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्यो । गत वर्षको कार्तिकमा गएको भूकम्पमा परी सयौँ नागरिकको ज्यान गयो भने हजारौँ घरबारविहीन बन्न पुगेका छन् ।
तर सरकारले भने अझै क्षतिको अनुमान गरिसकेको छैन । आज २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यसै महिनाभित्र भूकम्पको क्षतिबारे आँकलन सक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भइ लागू भइसककेको मन्त्री लेखकले जानकारी दिए । साथै यसै महिना अर्थात् माघ महिनाभित्र क्षतिको आँकलन प्रारम्भ गर्ने बताए ।
‘स्थायी आवास निर्माण सम्वन्धी कार्यविधि कार्यकार्य समितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’
साथै गृहमन्त्री लेखकले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्वन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।
‘आगामी दिनहरुमा भुकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुर्ननिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - ११:४३
काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेक...
कार्तिक २५ गते, २०८२ - ११:३९
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिम...
कार्तिक २५ गते, २०८२ - ११:१८
काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भइसकेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश ...
कार्तिक २५ गते, २०८२ - ११:१६
काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक...
कार्तिक २५ गते, २०८२ - ११:०९
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न सार्वजनिक आह्वान गरेका छन्। राजधानीमा चिकित्साका लागि जाने क्रममा...
कार्तिक २५ गते, २०८२ - ११:०८
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई...
कार्तिक २५ गते, २०८२ - ११:०२
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फि...
कार्तिक २५ गते, २०८२ - १०:५०
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। लगातारको उतार–चढावपछि आज पुनः सुनको दरमा उल्लेखनीय वृद्धि भ...
कार्तिक २५ गते, २०८२ - १०:४४
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक...
कार्तिक २५ गते, २०८२ - १०:४३
झापा । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमै नरहेको आरोप लगाएका छन्। उनले सरकारका ग...




प्रतिकृया लेख्नुहोस्: